• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    डोला-चक्रपथ बन फडानी प्रकरणमा सांसदका स्वकीय सचिव शर्मानन्द जोशीसहित ७ जना पक्राउ

    6.3K
    SHARES

    डडेल्धुरा । डडेल्धुराको आलितालस्थित डोला चक्रपथ बन फडानी प्रकरणमा सुदुरपश्चिम प्रदेश सांसद तथा समाजिक बिकास समितिकी सभापति कुन्ती जोशीका स्वकीय सचिव शर्मानन्द जोशीसहित ७ जना पक्राउ परेका छन ।

    डिभिजन वन कार्यालय डडेल्धुराले गत ८ गते जिल्लाको आलितालस्थित डोला चक्रपथ क्षेत्रमा ब्यापक बन फडानी गरि त्यहाँबाट तस्करी गरेर लुकाइ राखेको अवस्थामा आलिताल वडा नम्बर ८ मा रहेको शर्मानन्द जोशीको घरबाट चिरान गरिएको काठ (कडी) र गोलिया बरामद गरेको थियो ।

    बन फडानी प्रकरणमा अनुसन्धान गर्नका लागि शर्मानन्द जोशी र सोही सामुदायिक वनका अध्यक्ष गोपाल धामीसहित ७ जनालाई पक्राउ गरिएको छ । उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डिभिजन वन कार्यालय सूचना अधिकृत डबल बोहोराले संचारकेन्द्रलाई जानकारी दिए । पक्राउ पर्नेमा अन्य २ जना मजदुर र ३ जना डोला चक्रपथ बाटो निर्माण कम्पनीका प्रतिनिधि रहेका छन् ।

    जोशी शुक्रबार पक्राउ परेका हुन्, उनको घरबाट भदौ ८ गते काठ बरामद भएको थियो । यसअघि उनलाई पक्राउ गर्न आनाकानी गरेको र जोगाउन चलखेल भइरहेको समाचार संचारकेन्द्रले सार्वजनिक गरेको थियो । उसो त डोला-चक्रपथ बन फडानीको समाचार समेत संचारकेन्द्रले नै सार्वजनिक गररेको हो ।

    बोहाराले संचारकेन्द्रसँग भने-‘हामीले भदौ ८ मा जोशीको घरबाट काठ बरामद गरेका थियौं र त्यसपछि उनलाई कार्यालयको सम्पर्कमा आउन भनेर सूचना जारी गर्यौं।  सोहिअनुसार गत शुक्रबार जोशी उपस्थित हुनुभएकाे थियाे । अहिले उहाँलाई नियन्त्रमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।’

    पक्राउ परेकाहरुबिरुद्ध वातावरण संरक्षण ऐन र बन ऐनसम्बन्धि कसुरमा अनुसन्धान अघि बढिरहेको उनले बताए । उक्त बन फडानीको समाचार बाहिरिएपछि दूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका संयोजक दीर्घराज सोडारी नेतृत्वको टोली समेत अनुगमनका लागि घटनास्थल पुगेको थियो।

    स्थलगत अनुगमनपछि उक्त समितिले पनि डडेल्धुराको आलिताल गाँउपालिका वडा नं. ८ डोला क्षेत्रमा सालका रुखहरू काट्नकै लागि ‘डोला चक्रपथ सडक’ निर्माण गरिएको र बन फडानीमा संलग्नहरूमाथि कारवाही हुनुपर्ने ठहर गरेको थियो। डाेला चक्रपथ सडक निर्माण कार्यको ठेक्का उग्रतारा निर्माण कम्पनीले लिएको छ । उक्त कम्पनी परसुराम नगरपालिकाका मेयर भिम बहादुर साँउदको कम्पनी हो ।

    मेयर साँउदले राजेन्द्र निर्माण सेवा प्रालि र उग्रतारा निर्माण सेवा कम्पनीमार्फत बिगत लामो समयदेखि भित्री मधेशको बनजङ्गल तथा नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा दोहनजस्ता कार्यमा संलग्न रहेको भन्दै स्थानीयहरुले पटकपटक बिरोध जनाउदै आएका छन् । हामी यो घटनाको निरन्तर फलोअपमा छौं…

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ