• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    तिनाउको बाढीले बुटवलमा ६ घर बगायो, २०० परिवार स्थानान्तरण

    178
    SHARES



    बुटवल । तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ को टप मझुवा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले उक्त क्षेत्रमा रहेका ६ वटा घर बगाएको छ।

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बाढीले दुईवटा पक्की र चारवटा कच्ची घर बगाएको हो। तिनाउ नदीको बहाव बढेसँगै टप मझुवासहित आसपासका तटीय क्षेत्रमा जोखिम बढेको थियो।

    इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले तिनाउमा आएको बाढीले टप मझुवा क्षेत्रका ६ घर बगाएको जानकारी दिए।

    लगातारको वर्षाका कारण तिनाउ नदीसँगै आसपासका खोलाहरूमा समेत पानीको सतह बढेपछि तटीय बस्ती जोखिममा परेका थिए। जोखिमयुक्त क्षेत्रमा रहेका करिब २०० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

    प्रहरी तथा स्थानीय तहले नदी आसपासका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ