• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कर्णालीका मुख्यमन्त्रीले सार्वजनिक गरे १०० दिने उपलब्धि (सूचीसहित)

    287
    SHARES



    सुर्खेत। कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।

    शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यो अवधिमा गरेका कामकारबाही सार्वजनिक गरेका हुन् । उनले आफू असफल भएको चर्चा गरिए पनि त्यसमा सत्यता नभएको बताए ।

    मुख्यमन्त्री शाहीको सय दिनको कार्यकालमा योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना, सामयिक राजस्व सङ्कलन, कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ र कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापनासम्बन्धी ४ वटा नयाँ विधेयक तथा दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवर्द्धन (पहिलो संशोधन) विधेयकसहित ५ वटा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृति प्रदान गरी प्रदेश सभामा पेस गरिएको छ।

    त्यस्तै, कर्णाली प्रदेशमा यातायात सेवालाई थप प्रभावकारी बनाउन ‘कर्णाली प्रदेश राइड सेयरिङ तथा सेल्फ ड्राइभ (नियमन र व्यवस्थापन) नियमावली, २०८३’ र मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम सञ्चालन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरिएको छ। गुणस्तरीय शिक्षाका लागि शैक्षिक पूर्वाधारमा लगानी बढाउन ‘कर्णाली प्रदेशको शिक्षा क्षेत्र योजना (२०८३-२०९२)’ पनि स्वीकृत भएको छ।

    शासकीय सुधारतर्फ, कर्णाली प्रदेशमा रहेका विभिन्न तालिम केन्द्रहरूलाई ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान’मा गाभી एकीकृत तालिम केन्द्रको विकास गरिएको छ। कार्यसम्पादनका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गरी प्रदेश तथा स्थानीय तहका कर्मचारीहरूको क्षमता विकासको प्रबन्ध मिलाइएको छ। साथै, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गत प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम र ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यक्रमको अस्थायी सङ्गठन संरचना पनि स्वीकृत गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ