• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, १६ जना घाइते

    302
    SHARES



    अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शितगंगा नगरपालिका–२ भुवनपाटामा लु २ ख ३७२ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार यात्रु १६ जना घाइते भएका हुन् ।

    बसको ब्रेक फेल भएर दुर्घटना भएको दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र बाँकीको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    सुपा देउराली मन्दिर दर्शनका लागि सुनवलबाट आएको बस दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएपछि अनियन्त्रित भएको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९१ प २३५९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।

    मोटरसाइकललाई ठक्कर दिएपछि बस सडक छेउको भित्तामा ठोक्किएको थियो ।

    दुर्घटनामा घाइते भएका सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज, भैरहवा पठाइएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ