• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    सञ्चारकेन्द्र समाचार प्रभाव- डोला चक्रपथ बन फडानीबारे अनुसन्धान गर्न संसदीय समिति डडेल्धुरा पुग्यो

    8.6K
    SHARES

    काठमाडाैं । डडेल्धुराको आलिताल गाँउपालिकाको डोला चक्रपथमा भएको व्यापक वन फडानीका बिषयमा अध्ययन अनुसन्धान गर्न संसदीय समिति डडेल्धुरा पुगेको छ । जिल्लाको आलिताल गाँउपालिका अन्तर्गतको गोदाम बजारदेखि डोला गाँउ जोड्ने सडक निर्माणका क्रममा सामुदायिक वनक्षेत्रमा व्यापक रुखहरु काटिएको समाचार सञ्चारकेन्द्रले सार्वजनिक गरेको थियो ।

    उक्त क्षेत्रमा वन कार्यालयको अनुमति विना नै रुखारू कटानी गरी गोलिया बनाइ लुकाइराखेको अवस्थामा शुक्रबार १ सय १० गोलिया काठ फेला पारेको थियो । सोहि घटनाको स्थलगत अध्ययन गर्न सुदुरपश्चिम प्रदेशसभा सदस्य दीर्घ सोडारीसहित ८ जना सांसदहरुको टोली घटनास्थल पुगेको हो ।

    बाटो बनाउने नाममा ब्यापकरुपमा रुखहरु काटिएको उनले सञ्चारकेन्द्रलाई बताए । ‘रुखहरु काटेर लुकाइएको अवस्था छ । बस्ति भएको ठाउँमा भन्दा पनि जंगलमा रिङ्गरोड बनाएको छ ।’ प्रदेशसभा सदस्य सोडारीले सञ्चारकेन्द्रसंग भने- ‘प्रदेश सरकारका बनमन्त्रीलाई यहाँको अवस्था यस्तो छ, छिटोभन्दा छिटो केहि न केहि एक्शन लिनुहोस् भनेर हामीले भनेका छौं।’

    संघीय सरकारको बाटो गाउँपालिकाले बिना इआइए बनाइरहेको देखिएको र यसमा गाउँपालिका अध्यक्षको पनि संलग्नता रहेको आरोप त्यहाँका जनताले लगाइरहेको उनले बताए । ‘संघ सरकारको बाटो गाउँपालिकाले बनाउदैछ, गाउँपालिकाको अध्यक्ष यहाँ हुनुहुन्न । जनताहरुले गाउँपालिका अध्यक्ष पनि संलग्न छन् भन्ने आरोप लगाइरहेका छन् ।’ उनले भने ।

    उग्रतारा कन्सट्रक्शन कम्पनीले उक्त बाटो बनाउने ठेक्का लिएको स्थानीयबाट बुझिएको भन्दै उनले ठेक्का नै लिएर बनिरहेको बाटो इआइए नै नगरी कसरी बनाउने अनुमति दिइयो भन्ने प्रश्न समेत खडा भएको बताए । बाटो निर्माण र बन फडानीसँग थुप्रै प्रश्नहरु जोडिएको र आफुहरुले पनि तिनै प्रश्नको उत्तर खोज्न अनुसन्धान गरिरहेको संसद सोडारीको भनाइ छ ।

    कति परिमाणमा काठ लुकाइयो र कति बन फडानी गरियो भन्नेबारे प्राविधिकले पत्ता लगाएर बिस्तृत विवरणसहितको फाइल डिभिजन वन कार्यालय डडेल्धुराले आफुहरुलाई पठाउने उनको भनाइ छ । यस बिषयमा प्रदेश बन निर्देशक हेमराज बिष्टसंग पनि कुराकानी भएको र घटनामा संलग्नहरुलाई कारवाही गर्ने प्रतिवद्दता जनाएको सोडारीले बताए ।

    संलग्नमाथि कारवाही हुने कुरामा स्थानीयले शंका गरेको भन्दै उनले डाेला चक्रपथ बन फडानीको मुद्दालाई आफुहरुले गम्भीरता साथ लिएको र दोषीहरुलाई कारवाही गराउन कुनै कसर बाँकी नराखिने जानकारी दिए ।

    यता डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डबल बहादुर बोहराका अनुसार करिब १६ सय फिट काठ बरामद भएकाे र रूख ढालिएकाे स्थानमा गएर निरिक्षण गर्दा करिब २१०० सय फिटको हाराहारीको काठ फडानी भएकाे देखिएकाे छ । डिभिजन वन कार्यालयको टोलीले शुक्रबार उक्त क्षेत्रमा काठ गोलिया बनाइरहेकाे अवस्थामा एक जना र सोही सामुदायिक वनका अध्यक्षलाई नियन्त्रणमा लिएर थप कारवाही अगाडि बढाएको छ ।

    उग्रतारा निर्माण कम्पनी परसुराम नगरपालिकाका मेयर भिम बहादुर साँउदको सहायक कम्पनी हो । मेयर साँउदका राजेन्द्र निर्माण सेवा प्रालि र उग्रतारा निर्माण सेवा कम्पनी बिगत लामो समयदेखि भित्री मधेशको बनजङ्गल तथा नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा दोहनजस्ता कार्यमा संलग्न रहेको भन्दै स्थानीयहरुले पटकपटक बिरोध जनाउदै आएका छन् । हामी निरन्तर फलोअपमा छौं….

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ