• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ६ जनाको मृत्यु

    229
    SHARES



    नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस अनियन्त्रित भई सडक छेउको नालामा पल्टिएको थियो ।

    दुर्घटनाका बेला बसमा चालकसहित १८ जना सवार रहेको बताइएको छ । मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ निवासी ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको प्रहरीले जनाएको छ । अन्य पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको छ ।

    दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक थमन सिंह रानाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । टोलीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याएको थियो ।

    प्रहरीका अनुसार घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण भने आउन बाँकी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ