• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता

    524
    SHARES



    काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) मा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले बिहीबार रिट पेस गरेका थिए ।

    रिट दर्ता भए पनि सुनुवाइका लागि पेसी तय भएको छैन । आफूलाई सुनुवाइको मौका नदिई बिना आधार र कारण गैरकानुनी रुपमा प्रहरी प्रमुखबाट हटाएको कार्कीको दाबी छ ।

    मन्त्रिपरिषद्को कात्तिक १८ को निर्णय अनुसार कार्कीलाई आईजीपीबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार डा. मनोजकुमार केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ