• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    कांग्रेस महाधिवेशन एक दिन लम्बियो, प्रतिनिधिको थप खर्च पार्टीले बेहोर्ने

    417
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयभन्दा एक दिन लम्बिएपछि प्रतिनिधिहरूको थप एक दिनको बसोबास र खानपिन खर्च पार्टीले नै व्यहोर्ने भएको छ।

    कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन प्रतिनिधिहरूको काठमाडौं बसाइ एक दिन थपिँदा लाग्ने खर्च पार्टीले बेहोर्ने जानकारी दिएका हुन्।

    श्रेष्ठका अनुसार महाधिवेशन असोज २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर निर्वाचन प्रक्रिया लम्बिएपछि महाधिवेशन सम्पन्न गर्न थप एक दिन लाग्ने भएको हो।

    महाधिवेशनका कारण प्रतिनिधिहरूमाथि अतिरिक्त आर्थिक भार नपरोस् भन्ने उद्देश्यले उनीहरूको थप एक दिनको आवास तथा खानपिनको व्यवस्था पार्टीले गर्ने उनले स्पष्ट पारे।

    पार्टीले प्रतिनिधिहरूको थप बसाइँ व्यवस्थापन गर्ने र त्यसबापत लाग्ने खर्च आफैँले व्यहोर्ने कोषाध्यक्ष श्रेष्ठले बताएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ