• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै

    374
    SHARES



    काठमाडौँ । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक सुरु हुन्छ । तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ ।

    तिहार पर्व कार्तिक कृष्णत्रयोदशी देखि सुरु भई कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ । बिहान सूर्योदय कालमा त्रयोदशी भएकोले शास्त्रसम्मत रूपमा आज आइतबार काग तिहार पर्व मनाइन्छ ।

    कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग करायो भनेँ केही सन्देश या पाहुना आउने जनाउका रूपमा नेपाली समाजमा लिने चलन अझै पनि रहेको छ ।

    वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ । काकेन दधि भक्षितम् अर्थात कागलाई दही भात मीठो लाग्ने हुनाले दही भात खुवाएमा एमराज समक्ष राम्रो सन्देश लगिदिने जनविस्वास रहेको ।

    आज कागलाई नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको । हामीले दिएको खानेकुरा खाएर प्रसन्न होऊ यमदण्डरुपी संकटबाट मुक्ति दिलाऊ भनेर प्रार्थना गर्नुपर्दछ ।

    कागको पूजा गर्दा धार्मिक पक्ष मात्र हैन, जनवार र मानिसबिचको सम्बन्धलाई सम्झाउने, पक्षीप्रति कृतज्ञता र प्रकृतिप्रति सम्मान र सहअस्तित्वको पनि रक्षा हुन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ