• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    आईसीसी लिग–२ : जित्नैपर्ने दबाबका साथ ओमानबिरुद्ध भिड्दै नेपाल

    299
    SHARES



    काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम शृङ्खला खेलिरहेको नेपालले मंगलबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे खेल सुरु हुनेछ ।

    एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण छ ।आइतबार क्यानडालाई २४ रनले पराजित गरेपछि नेपालको शीर्ष ६ मा रहँदै ओडीआई मान्यता जोगाउने सम्भावना कायम छ ।

    तर, एउटा जितले मात्र नेपालको स्थान सुरक्षित हुने अवस्था छैन । नेपालले बाँकी खेलमा पनि राम्रो प्रदर्शन गर्नुपर्नेछ । क्यानडासँगको अर्को प्रतिस्पर्धा र ओमानसँगका खेलले नेपालको लिग–२ यात्रा कहाँ पुगेर टुङ्गिन्छ भन्ने निर्धारण गर्नेछन् ।

    आइतबारको जितपछि नेपालले क्यानडालाई पछि पार्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । नेपालको ३३ खेलबाट २६ अंक छ भने क्यानडाको ३४ खेलबाट २५ अंक छ ।

    लिग–२ मा आठ टोली सहभागी छन् । अमेरिका, स्कटल्यान्ड र नेदरल्यान्ड्सले शीर्ष तीन स्थानमा रहँदै सन् २०२७ को विश्वकप छनोट प्रतियोगितामा स्थान सुरक्षित गरिसकेका छन् । ओमान र नामिबिया पनि नेपालभन्दा माथि छन् ।

    शीर्ष ६ मा रहने टोलीले आफ्नो ओडीआई मान्यता जोगाउने भएकाले नेपाल र क्यानडाबीचको प्रतिस्पर्धा निर्णायक बनेको हो । लिग–२ अन्तर्गत नेपालले असोज ३१ गते शनिबार फेरि क्यानडासँग र कात्र्तिक २ गते सोमबार ओमानसँग खेल्ने तालिका छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ