• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गोकर्णेश्वरमा प्रहरीले डलर ठगीमा संलग्नमाथि गोली चलायो

    193
    SHARES



    काठमाडौँ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३, गाम्चामा प्रहरीले गोली प्रहार गरी लुटपाटमा संलग्न एक जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार बिहीबार राति प्रहरीले गोली चलाएर सुजन तामाङलाई नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार तामाङले सस्तो मूल्यमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाउँदै लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    प्रहरीले नियन्त्रणमा लिने क्रममा तामाङमाथि गोली प्रहार गरेको थियो। गोली लागेर उनको दायाँ खुट्टामा चोट लागेको एसएसपी घिमिरेले जानकारी दिएका छन्।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ