• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी प्रवास मुख्य समाचार

    मानव तस्करको बिगबिगी बढेपछि विप्लवको निर्देशनमा सुरु भयो दलालहरु खोज्ने यस्तो अभियान

    62.9K
    SHARES



    साउदी । बैदेशिक रोजगारीको नाममा नेपालबाट दैनिक हजारौ युवायुवतीहरु विदेश जाने क्रम बढिरहेको बेला मानव तस्करहरुको सञ्जाल बढेको छ ।

    देशमा प्राप्त रोजगारीको अबस्था सिर्जना नहुदा मानव तस्करहरुले मौकाको फाइदा उठाउन थालेका छन् । यसै क्रममा साउदी अरब र आसपासका मुलुकहरुमा मानव तस्कर र हुन्डी कारोबारीको बिगबिगी भएको छ ।

    बैदेशिक रोजगारीको शिलशिलामा नेपालबाट करिब ७ लाख मनिस साउदी अरबतिर कामदारको रुपमा रहेको अनुमान गरिएको छ ।

    पछिल्लोपटक मानव तस्करहरुले नेपाली युवा युवतीलाई विभिन्न प्रलोभन देखाएर तस्करी गरिरहेका छन् । मानव तस्करहरुले नेपालबाट लिएर हजारौं नेपाली युवा युवतीहरुलाई साउदी अरबका विभिन्न सहरहरुमा अलपत्र पारेका छन् ।

    नेपालबाट यसरी मानव तस्करको बिगबिगी बढेपनि सम्बन्धीत सरकारी निकायले कारवाही नगर्दा दलालहरु झन् सक्रिय रुपमा आफ्नो धन्दा चलाउन लागिपरेका छन् । बैदेशिक रोजगार ऐन २०६४ लाई समेत कुल्चेर सत्ता, शक्ति, पार्टी र नेताका बलमा मानव तस्करहरु निर्धक्क आफ्नो धन्दा चलाई रहेका छन् ।

    यो अहिले होइन वैदेशिक रोजगारीको क्रममा साउदीमा नेपाली आउन थालेदेखि नै दलाल र तस्कर सक्रिय थिए । यसरी मानव तसकारी धन्दा नरोकिएपछि नेपाल कम्युनिष्ट पार्टीले आफ्ना संगठनहरु परिचालन गरेर नियन्त्रण गर्ने प्रयाश गरेको छ ।

    दसवर्ष पहिले पीडित र यहाँस्थित नेपाली जनप्रगतिशील मंचले दलाल तथा मानव तस्कर कमल खरेललाई घेराउ गरी नेपाली दूतावासमा उपस्थित गरिएको थियो ।

    तत्कालीन नेपाली राजदुतावासको राजदूत हमिद अन्सारीलाई बुझाइ तीन पुस्ते विवरण खुलाई अब आइन्दा यस्तो नगर्ने प्रतिबद्धता समेत जाहेर गरि छोडिएको थियो ।

    त्यसपछि खरेल धेरै समयसम्म भुमिगत भए । उनी भित्रभित्रै शक्ति र सत्ताको नजिक भएर तस्करीलाई जारी गरेका थिए । अहिले फेरि उनी र उनको समूहको बिगबिगी बढेको छ । खरेलले साउदी अरबको ताबुक भन्ने ठाउँमा पुगेर काम नभएको कम्पनीसँग मिलेर नेपाली युवा युवतीलाई फसाउन व्यस्त छन् ।

    नेपाल कम्युनिस्ट पार्टी निकट मानव जनप्रगतिशील मोर्चाले तस्कर र दलालहरुविरुद्ध अभियानात्मक रुपमा खोजी कार्य जारी राखेको छ । अलपत्र परेका नेपालीको उद्दारसँगै दलाललाई कारवाहीको पहल सुरु गरेको छ ।

    मानव तस्करलाई कारवाहीको लागि यहाँस्थित नेपाली दूतावससँगै, वैदेशिक रोजगार विभाग र सरकारको कारवाहीको लागि ध्यानाकर्षण गराउने तर कारवाही नगरिए मोर्चा अाफैले कारवाही गर्ने चेतावनी दिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीको विदेश विभाग र प्रवासी संगठनहरुलाई अलपत्र परेका नेपालीको उद्दार र दलाल तथा तस्करलाई कारवाहीको लागि निर्देशन दिएको बताउँदै यहाँस्थित मोर्चाले अाफ्ना गतिविधि तीब्र पारेको छ ।

    पार्टीले आन्तरिकरुपमा मोर्चा सम्बद्ध सबै सदस्यहरुलाई दल्लाल र मानव तस्करहरुको निगरानी गरिराख्न निर्देशन दिएको मोर्चा साउदीले जनाएको छ ।

    दुतावास र सरकारी निकायको दलालहरुलाई कानुनि दायरामा ल्याएन भने मोर्चा आफैले उनीहरुलाई नियन्त्रणमा लिएर पार्टीको निर्देशन अनुसारको कारबाही गर्ने बताएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ