• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    चर्चीत नेकपा नेता माइला लामा अदालमा उपस्थित, केहिबेरमा रिहा हुँदै

    14.6K
    SHARES

    काठमाडाैं । चर्चीत जनगायक तथा बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामासहित ४ नेताहरुलाई प्रहरीले जिल्ला अदालत ललितपुरमा उपस्थित गराएको छ । लामासहित नेकपा केन्द्रीय सदस्य नविन विश्वकर्मा, तत्कालिन काठमाडाैं सेक्रेटरी धिरेन्द्रा उपाध्याय र इश्वर पनि अहिले अदालतमा उपस्थित गराएकाे छ ।

    लामासहितका नेताहरूलाई उच्च अदालत पाटनले रिहा गर्न यसअघि नै आदेश दिइसकेकाे छ ।थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले रिहा गर्न आदेश दिएको हो ।  लामासहितका नेताहरू अहिले केहिबेरमा रिहा हुन लागेका छन । नेकपा नेताहरू रिहा हुनेभएपछि अहिले अदालतबाहिर पत्रकार र मिडियाकर्मीहरू जम्मा भएका छन् ।

    ललितपुर जिल्ला अदालतले एनसेल मुख्यालयमा भएको ब’म वि’स्फो’टको घटनामा संलग्न रहेको भन्दै उनीहरुलाई पुर्पक्षामा पठाउने फैसला गरेको थियो । त्यस्तै जिल्ला अदालतले राज्य वि’रु’द्धको अपराध समेत ठहर गरेको थियो । जिल्ला अदालतको उक्त आदेशलाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत ललितपुरको आदेशवि’रुद्ध उनीहरुका परिवार उच्च अदालत गएका थिए ।

    उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विहीबार चारै नेतालाई निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको थियाे । उनीहरुलाई विभिन्न समयमा प्र’हरीले गि’र’फ्तार गरेर हि’रा’सतमा लिएपछि ललितपुर जिल्ला अदालतले पुर्पक्षाको लागि भन्दै नख्खु का’रा’गारा चलान गरेको थियो ।

    माओवादी जनयुद्धका चर्चित क्रान्तिकारी योद्धामध्ये माइला लामा एक हुन् । तत्कालीन राज्य सत्ता पल्टाउने योजनासहित जनयु’द्धमा होमिएका लामा घाइते समेत छन् । उनले यु’द्धकै क्रममा एउटा आँखा र एउटा कान गुमाएका छन् । प्रचण्ड नेतृत्वको माओवादी विघटन भएसँगै धेरैवटा माओवादी बनेका छन् । प्रचण्डबाट मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादीमा पुगेका लामा किरणबाट नेत्रविक्रम चन्द ‘विप्लव’ अलग भएपछि विप्लव नेतृत्वको नेकपामा छन् । विद्यार्थी जीवनबाटै गीत संगीतमा रुची राख्ने लामाले जनयु’द्धको क्रममा सयौँ जनवादी गीत सिर्जना गरेका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ