• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी मुख्य समाचार समाचार

    ब्रिटिश कलेजको अनुमति खारेज गर्न १२ विद्यार्थी संगठनको माग

    290
    SHARES



    काठमाडौं । काठमाडौंमा सञ्चालित ब्रिटिश कलेजको अनुमतिपत्र खारेज गर्न १२ वटा विद्यार्थी संगठनले माग गरेका छन्।

    कलेजले हस्पिटालिटी बिजनेस म्यानेजमेन्टलगायतका शैक्षिक कार्यक्रम अवैध रूपमा सञ्चालन गरेको, अत्यधिक शुल्क असुलेको, फरक पाठ्यक्रम पढाएको तथा भर्ना गरिएका विद्यार्थीलाई यूएईमा अलपत्र पारेको आरोप लगाउँदै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।

    संयुक्त विद्यार्थी संगठनले आइतबार विज्ञप्ति जारी गर्दै पटक–पटक सम्बन्धित निकायलाई समस्या समाधान गर्न दबाब दिँदा पनि उल्टै राज्य संयन्त्रको मिलोमतोमा कलेज सञ्चालकले विद्यार्थीमाथि धरपकड र गिरफ्तारी गरिरहेको आरोप लगाएका छन्।

    विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरूले समस्या समाधानका लागि आवाज उठाउँदा कलेज प्रशासनले गुण्डा परिचालन गरी धम्काउने, त्रसित पार्ने तथा पीडित विद्यार्थीलाई झुटा र बनावटी मुद्दामा हिरासत पठाउने जस्तो घृणित गतिविधि गरिरहेको छ। यस्तो कार्यको संयुक्त विद्यार्थी संगठन घोर भर्त्सना र कडा निन्दा गर्दछ।’

    विद्यार्थी संगठनहरूले ब्रिटिश कलेजको अनुमति तत्काल रद्द गरी ठगीधन्दामा संलग्न सञ्चालकलाई कानुनी कारबाही गर्न माग गरेका छन्। कलेज प्रशासनले यस्ता गतिविधि तत्काल बन्द नगरे कडा प्रतिरोधमा उत्रिने चेतावनीसमेत दिएका छन्।

    विज्ञप्तिमा अनेरास्ववियु, अखिल समाजवादी, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं, अखिल (क्रान्तिकारी), वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल, अखिल नेपाल विद्यार्थी फेडेरेसन, जनपक्षीय विद्यार्थी युनियन नेपाल, अखिल पाँचौं र अखिल नेपाल विद्यार्थी युनियन सहभागी छन्।

    संयुक्त विद्यार्थी संगठनले पीडित विद्यार्थीलाई तत्काल न्याय दिन र विद्यार्थी ठग्ने धन्दामा संलग्न सबैलाई कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासन, शिक्षा मन्त्रालयलगायत सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ