• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मुख्य समाचार

परराष्ट्रमन्त्री श्रेष्ठ बेइजिङमा, आज समकक्षी वाङसँग द्विपक्षीय छलफल

4.4K
SHARES



काठमाण्डौ। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको बेइजिङमा भेटवार्तामा व्यस्त रहेका छन् ।

बेइजिङ पुगेलगत्तै मन्त्रि श्रेष्ठले हिजो चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य वाङ हुनिङ, अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानलगायतसँग भेटवार्ता गरेका हुन्  ।

भेटमा नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी)का अध्यक्ष हुनिङले २ देशले बिआरआई कार्यान्वयन योजनामा चाँडै हस्ताक्षर गर्ने विश्वास व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले आज समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहको छ । चिनियाँ विदेशमन्त्री यीले रात्रिभोजसहित श्रेष्ठलाई स्वागत गर्ने छन्  ।

उपप्रधानमन्त्री श्रेष्ठ आज बिहान हुवावे रिसर्च एन्ड डेभलपमेन्ट एक्जुकेटिभ्स एक्जिबिसन सेन्टरको भ्रमणमा सहभागी हुने छन् भने त्यहाँबाट नेपाली राजदूतावास पुगेर लगानीसम्बन्धी सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

मन्त्रि श्रेष्ठ ९ दिन लामो औपचारिक भ्रमणमा आइतवार चीन प्रस्थान गरेका हुन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ