• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    बाढी र पहिरोले आज कहाँ-कहाँ अवरुद्ध छन् राजमार्ग ?

    240
    SHARES



    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका आधा दर्जनभन्दा बढी सडकखण्डमा अवरोध देखिएको छ।

    बागमती प्रदेशका विभिन्न मुख्य सडकमा सबैभन्दा बढी प्रभाव परेको छ। सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गका केही स्थानमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। भोटेकोशी गाउँपालिका–४ को चारकिलो तथा वडा नम्बर २ अन्तर्गत कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्दा यातायात सञ्चालन हुन सकेको छैन।

    यस्तै, धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठकिल्लामा बिहान करिब २:१५ बजे पहिरो खसेपछि पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

    रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा बाढीका कारण त्रिशूली–मैजुङ–स्याफ्रुबेसी सडकखण्ड समेत लामो समयदेखि बन्द रहेको प्रहरीले जनाएको छ। उक्त सडक तत्काल सञ्चालनमा आउने सम्भावना कम रहेको बताइएको छ।

    यसैबीच, सम्भावित बाढी र जोखिमलाई ध्यानमा राख्दै केही सडकमा निश्चित समयमा सवारी आवागमनमा रोक लगाइएको छ। बीपी राजमार्गको काभ्रेअन्तर्गत खुर्कोट–नेपालथोक सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ। त्यस्तै, कान्ति लोकपथमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ।

    कोशी प्रदेशमा मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित राजदुवाली सडकखण्ड पूर्ण रूपमा बन्द छ। झापा र ताप्लेजुङ जोड्ने उक्त सडक साउन २३ गतेदेखि अवरुद्ध रहेको भए पनि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाइएको छ।

    त्यसैगरी, भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्गमा बाढीको असर परेको छ। साउन १२ गतेदेखि उक्त सडक एकतर्फी रूपमा मात्रै सञ्चालन भइरहेको छ भने यात्रुका लागि वैकल्पिक मार्गसमेत उपलब्ध रहेको प्रहरीले जनाएको छ।

    निरन्तर वर्षा भइरहेकाले सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने सम्भावना छ। त्यसैले लामो तथा जोखिमपूर्ण यात्रा गर्नुअघि सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयबाट सडकको पछिल्लो अवस्था बुझ्न यात्रुहरूलाई आग्रह गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया