• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    चितवन मेडिकल कलेज सीएमसीको होस्टलमा के गर्न राखियो लोडेड पेस्तोल, यसो भन्छ प्रहरी

    5.4K
    SHARES



    चितवन । चितवन मेडिकल कलेजको होस्टलमा गोलीसहितको पेस्तोल फेला परेको छ । मेडिकल कलेका विद्यार्थी बस्ने होस्टलमा पेस्तोल फेला पारिएको प्रहरीले जनाएको छ । चितवन प्रहरीका उपरीक्षक दानबहादुर मल्लका अनुसार शनिवार दिउँसो होस्टलमा पेस्तोल र गोली फेला परेको हो । होस्टलमा मेड इन युएसए लेखिएको पेस्तोल र गोली फेला परेको मल्लले बताए । ‘होस्टलका गार्डले हतियार देखेको भनेर प्रहरीलाई खबर गरे’ मल्लले भने,‘त्यसपछि होस्टलमा खोज्दै जाँदा पेस्तोल र केही राउण्ड गोली फेला पर्यो‍ ।’ मल्लले हतियार कसको हो र कहाँबाट आयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताए । चितवन मेडिकल कलेजमा शुल्क बढी लिएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दको नेतृत्वमा चिकित्सा शिक्षा संघर्ष समितिले आन्दोलन गर्दै आएको छ । आइतवार समितिले चितवनमा कार्यक्रम गर्ने तयारी गरिरहेको पूर्वसन्ध्यामा होस्टलबाट हतियार फेला परेको प्रहरीले जनाएको छ  । अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ

    यस्तै गृह मन्त्रालयले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मङ्सिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गरेको हो । सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन भनिएको छ ।

    प्रतिक्रिया