• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    मुख्यमन्त्रीलाई लक्षित गरी कालिकोटमा शक्तिशाली बम बिष्फोट, सुरक्षाकर्मीको भागाभाग, यस्तो छ अवस्था

    28.7K
    SHARES



    कालिकोट । कालिकोटको पलाता गाउँपालिकाको थिर्पुमा मुख्यमन्त्रीलाई लक्षित गरी बम बिस्फोट भएको छ । कार्यक्रम सम्बोधन गरिरहेका बेला मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी बम बिष्फोट भएको त्यहाँबाट स्थानीय पत्रकारहरुले संचारकेन्द्रलाई बताए ।

    एउटा  कार्यक्रमका लागि पुगेका मुख्यमन्त्री शाहीले आफ्नो सम्बोधन सुरु गरेलगत्तै नजिकै प्रेसकुकर बम बिष्फोट भएको बताइएको छ। बिस्फोटबाट केकति क्षति भयो या भएन भन्ने विषयमा एकिन बिबरण आउन सकेको छैन ।

    एक्कासी कार्यक्रम नजिकै ठुलो आवाजमा विष्फोट भएपछि सुरक्षाकर्मीहरु पनि अतालिएर भागभाग भएको स्थानीयले जनाएका छन्। विष्फोट कार्यक्रम स्थल र मुख्यमन्त्री चढेर आएको आएको हेलिकप्टर नजिकै भएको खबर प्राप्त भएपानि यस बारेमा प्रहरीले केहि जानकारी दिएको छैन। घटनाबारे थप जानकारी आउन बाकींँ छ ।

    यसैबिच काठमाडौं बम  विस्फोटमा परी घाइते भएका दुई जनालाई प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेको छ । काठमाडौँको घट्टेकुलो र चन्द्रागिरीमा भएका विस्फोटका घाइते दुई जनालाई प्रहरीले मंगलबार गिरफ्तार गरेको परिवारले जानकारी दिएका हुन् ।

    घट्टेकुलो विस्फोटमा परी घाइते भएका रविन केसी र चन्द्रागिरी विस्फोटका घाइते बुद्ध लामालाई प्रहरीले उपचार गर्दागर्दै गिरफ्तार गरेको छ । आफन्तका अनुसार केसीलाई विस्फोटमा परी ज्यान गुमाउने प्रज्वल शाहीले भेट्न बोलाएको बेला विस्फोटमा परी घाइते भएका थिए ।

    “प्रज्वल मेरो मिल्ने साथी हो, मलाई भेट्न अनामनगर बोलाउनुभयो, म पुगेर हात मिलाउन नपाउँदै ठूलो अवाजमा विस्फोटको आवाज आयो, अरु के भयो मलाई केही पनि थाहा छैन” केसीले भनेको अस्पताल पुगेका एक आफन्तले बताए । नेकपा निकट अखिल क्रान्तिकारीको कार्यकर्ता भएको तर आफूलाई विस्फोटमा अरु केही जानकारी नभएको केसीले बताएका छन् ।

    त्यसैगरी चन्द्रागिरीको थानकोट नजिकै भएको अर्को विस्फोटका घाइते लामाले आफू मोटरसाइकलमा गइरहेको बेला विस्फोट हुँदा घाइते भएको बताएका छन् । अस्पताल पुगेका आफन्तसँग लामाले बम विस्फोटमा आफू संलग्न भएको बताएका छन् ।

    लामाले आफू आफन्तलाई भेट्न गइरहेको बेला विस्फोटमा परेको बताए । “म आफन्तलाई भेट्न गइरहेको थिए । म बाटोमा हिडिरहेको बेला नजिकै विस्फोट भयो” लामाको भनाई उदृत गर्दै आफन्तले भने ।

    दुबै जनालाई प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेपछि परिवारले आपत्ति जनाएका छन् । उनीहरुले सरकारले उपचार भइरहेका घाइतेलाई गिरफ्तार गरेर सामान्य मानवीय संवेदना समेत गुमाएको आरोप लगाएका छन् । युद्धका घाइतेलाई समेत उपचार गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ तर सरकारले दुर्घटनामा परेका घाइतेको समेत उपचार हुन नदिएको आफन्तले बताएका छन् ।

    त्यस्तै पर्सा प्रहरीले ८ वर्षीया बालकलाई अपहरण गरी हत्या गर्ने अभियुक्तलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका शम्भु साहका ८ वर्षीय छोराको अपहरणपछि हत्या गर्ने ३ जनालाई प्रहरीले पक्राउ हो ।

    बालकको खोजीका लागि प्रदेश नम्बर २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साबाट परिचालन भएको प्रहरीले मंगलबार (जेठ १४ गते) वीरगन्जबाट भारत घर बताउने वीरगन्जको प्रगतिनगरमै डेरा गरी बस्ने वर्ष २१ को विकास शर्मा, बाराको कलैया घर भएका सिकेन्द्र साह तेली र बाराकै खपरताता घर भएका राम विनेश महतोलाई नियन्त्रणमा लिएको थियो ।

    पक्राउ परेका व्यक्तिहरुले बच्चालाई मारेर बाराको कलैया–२५ अन्तर्गत खौराही खोलामा फालेको बताएका थिए । प्रहरीले उनीहरुकै बयानका आधारमा खौराही खोलामा बालकको खोजी शुरु गरेको थियो । बालकको खोजीकै क्रममा पक्राउ परेका तीनैजनाले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर भारत घर बताउने विकास शर्मा र बाराको कलैया घर भएका सिकेन्द्र साह तेली घाइते भएका छन् ।

    कम्मरमुनि गोली लागेका उनीहरुको हाल नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार अपहरणमा संलगन भारत घर बताउने विकास शर्मा अपहरित बालकका बुवा शम्भु साहका छिमेकी हुन् । उनीहरुबीच यसअघि पटक पटक झगडा हुने गरेको पनि प्रहरीले जनाएको छ ।

    आफूसँग झगडा गर्ने शम्भुलाई ‘तह लगाउन’ भन्दै विकासले आफ्ना साथीको मद्दतमा बालकको अपहरण गरेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीका अनुसार शम्भुका ८ वर्षीय छोरा जेठ १० गते बेपत्ता भएका थिए । सोही दिन राति ९ बजेतिर अपरिचित नम्बरबाट ३० लाख रुपैयाँ फिरौती माग गर्दै शम्भुलाई फोन आएपछि बालक अपहरणमा परेको खुलेको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ