• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    घट्टेकुलो विस्फोटमा ज्यान गुमाएका प्रज्ज्वल शाहीको पशुपति आर्यघाटमा अन्त्यष्टी, शहिद घोषणा

    10.6K
    SHARES



    काठमाडौं । घट्टेकुलो बम विस्फोटमा परी ज्यान गुमाएका प्रज्ज्वल शाहीको पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । काठमाडौंको अनामनगरस्थित घट्टेकुलोमा आइतबार भएको बम विस्फोटमा परी शाहीको ज्यान गएको थियो ।

    प्रहरीले घटना स्थलबाटै शाहीको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याएको थियो । पोष्टमार्टमपछि आजै शाहीको पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको हो । शिक्षण अस्पताल पुगेर आफन्तले शल बुझेका थिए ।

    बझाङ घर भएका शाही विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य र सोही संगठनको सिटीइभिटीको उपत्यका विशेष जिल्ला अध्यक्ष समेत हुन् । अन्त्यष्टीमा पशुपतिमा आफन्तको साथै शुभचिन्तको बाक्लो उपस्थित थियो ।

    यसैबीच नेकपा महासचिव विज्ञप्ति जारी गरेर घटनाको जिम्मा लिँदै शाहीलाई सहिद घोषणा गरेका छन् । विप्लवले नेपाल बन्दको पूर्वसन्ध्यामा भएका विस्फोटले पार्टीलाई क्षति पुगेको भन्दै बलिदानी खेर जान नदिने र घटना कसरी घट्यो भन्ने बारे सत्यतथ्य बाहिर ल्याउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

    साथै सुकेधार विस्फोटमा ज्यान गुमाउने महान, दीपेन्द्र र निरन्तरसहित भोजपुरमा प्रहरीको गोली लागेर ज्यान गुमाउने तीर्थ घिमिरे ‘राजु’लाई पनि शहिद घोषणा गरेका छन् ।

    सहादत प्राप्त गर्नेहरूप्रति सिङ्गो पार्टीका तर्फबाट उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् । महासचिव विप्लवले १३ गतेको नेपाल बन्द लगायत आमहडताल सफल पार्नेहरूप्रति धन्यवाद दिएका छन् । कम्युनिस्टका नाममा ओली-प्रचण्डले नेपालमा फासिवादको अभ्यास गरिराखेको उनले दावी गरेका छन् ।

    “केपी सरकारको राज्यआतङ्क, कमरेड तीर्थ घिमिरे हत्याकाण्ड विरुद्ध आयोजित नेपाल बन्द कार्यक्रमलाई साथ र सहयोग दिने राजनीतिक पार्टी र आमजनसमुदायलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।

    जेठ १२ गते काठमाडौँमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमान्डर कमरेड महान, कमरेड दीपेन्द्र, कमरेड प्रज्वलशाही, कमरेड निरन्तरको सहादतले यसप्रकारको घटना कसरी हुनपुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

    यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन नै रहेको स्पष्ट गर्दछौँ । सहादत प्राप्त गर्ने कमरेडहरूप्रति सिङ्गो पार्टीका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ” विप्वलवको विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ