• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    नेकपाको पार्टी कार्यालयमा प्रहरीले डोजर चलायो

    7K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमाथि प्रहरीले डोजर चलाएको छ । बुटवलको पाल्पारोड अवस्थीत रुपन्देही जिल्ला पार्टीको कार्यालय ‘रातो घर’ मा नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुद्धारा डोजर चलाएका हुन ।

    नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुद्धारा केही दिन अगाडि नै ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो ।

    बिगत १३ बर्षदेखि ‘रातो घर’ नेकपाले पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आइरहेको थियो । तत्कालीन नेकपा (माओवादी) को बेलादेखि उक्त भवन पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आएको थियो । हाल नेकपाकाे कार्यालय रहेकाे थियाे ।

    यसैबीच नेकपाका रुपन्देही जिल्ला इन्चार्जले पार्टी कार्यालयमाथिको प्रहरी हस्तक्षेपको भत्सर्ना गरेका छन् । उनले ओली-प्रचण्ड सरकारको बादल प्रशासनले आफ्नो कार्यालयमाथि आक्रमण गर्नु निक्कै घृणित कार्य भएको बताएका छन् ।

    शान्तिपूर्ण राजनीतिमा अघि बढिरहेको नेकपामाथि हदैसम्मको दमन गरेर आफूहरुलाई गम्भीर र आक्रोसित बनाएको उनको भनाई छ। यसैबीच नेपाल कम्युनिस्ट पार्टीले उता धनकुटामा आफ्ना एक जिल्ला नेतामाथि प्रहरीले आक्रमण गरेको बताएको छ ।

    आक्रमणबाट नेकपाका धनकुटा इन्चार्ज नवराज भट्टराई गम्भीर घाइते भएको नेकपाले दावी गरेको छ । स्रोतले बताएअनुसार जिल्ला नेता भट्टराई मोटरसाइकिलमा सवार भइरहेको बेला प्रहरीको भ्यानले पछाडिमा अक्रमण गरेको हो । अहिले उनलाई धनकुटामा रहेको अस्पतालहरूमा उपचार हुन नसकेपछि विपी मेमोरियल अस्पताल धरान लागीएको नेकपाले जनाएको छ ।

    यस्तै नेपाल कम्युनिस्ट पार्टीका १७ कार्यकर्तालाई जिल्ला अदालतकाे आदेशमा रिहा भएलगत्तै पुनः ३ जनालाई गिरफ्तार गरेको छ । प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा चलाए पनि अदालतले केहीलाई धरौटी र केहीलाई साधरण तारेखमा छाड्ने आदेश दिएको छ ।

    न्यायधीश टीकाराम आचार्यको इजलासले इन्द्रबहादुर ठकुरीलाई २५ हजार धरौटीमा छाड्ने आदेश दिएको छ । त्यस्तै रमिता अधिकारी, हिरा खत्री र सबिता श्रेष्ठ साधरण तारेखमा रिहा भएका छन् भने बाँकी १३ जनालाई ६र६ हजार धरौटीमा रिहा लगत्तै रन्जित, सौगात र अजय अदालतबाटै पुनः गिरफ्तार परेका छन् ।

    अभियानको क्रममा काभ्रे, दोलखा, जाजरकोटलगायतका जिल्ला पुगेर कार्कीटार आइपुगेका थिए । खाना खाएर सुतिरहेका बेला प्रहरीले घेरा हालेर पक्राउ गरेको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ