• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    13.3K
    SHARES

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टीसँग आग्रह गरेको छ । ओली सरकारको प्रतिबन्ध र नेता कार्यकर्तामाथिको दमन तथा गिरफ्तारीको प्रतिरोध गर्दै पार्टी महासचिव विप्लवले सोमबार चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।

    जसअनुसार चैत्र १६ गते नेपाल बन्द आव्हान गरिएको छ । एसइइ परिक्षालाई मध्यनजर गर्दै नेकपाले चैत्र १६ गते शनिबार नेपाल बन्द आव्हान गरेको जनाएको छ । यता १६ गते नै नेपाल बार एसोसिएसनको निर्वाचन समेत हुन गइरहेको छ ।

    नेकपाले आव्हान गरेको नेपाल बन्दका कारण आफूहरुको निर्वाचन प्रभावित हुने भन्दै बार एसोसिएसनले बन्द फिर्त लिन आग्रह गरेको हो । एसोसिएसनका महासचिव अधिवक्ता खम्मबहादुर खातीले मंगलबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक समस्यालाई राजनीतिक तरिकाले नै समाधान खोजिनुपर्ने बताएका छन् ।

    नेपालको संबिधान २०७२ को धारा २७० बमोजिम राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाइने स्पष्ट व्यबस्था हुँदाहुँदै पनि ओली सरकारले त्यसको बिरुद्ध गएर विप्लव नेतृत्वको नेकपामाथि गैर संबैधानि तरिकाले प्रतिबन्ध लगाएको एसोसिएसनले जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ-‘नेपाल सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई मिति २०७५ फागुन २८ गतेदेखि लगाएको प्रतिबन्ध नेपालको संबिधान २०७२ को धारा २७० बमोजिम राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाउने स्पष्ट संबैधानिक व्यबस्थाको प्रतिकुल हुनेगरी भए गरेको मन्त्रिपरिषद्को निर्णय गैर संबैधानिक रहेको नेबाएको ठहर छ ।’

    सरकारको गैर संबैधानिक प्रतिबन्धको विरोधमा नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । विज्ञप्तिमा अगाडि भनिएको छ – ‘प्रतिबन्ध लगाइसके पश्चातको घटनाक्रमले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु गिरफ्तार गरेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ द्वारा मिति २०७५ चैत्र ११ गते जारी वक्तव्यबाट मिति २०७५ चैत्र १६ गते शनिबारका दिन नेपाल बन्दको कार्यक्रम रहेको जानकारी हुन आएकोले उक्तदिन नेपाल बार एसोसिएसनको पूर्वघोषित कार्यक्रम अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन हुने र सोहि बमोजिम निर्वाचन समितिले आफ्नो कार्यक्रमहरु प्रकाशित गरी नपालभर बिभिन्न स्थानहरुमा मतदान केन्द्रहरु तोकी सम्पूर्ण कानुन व्यवसायीहरुलाई निर्वाचनमा मतदान गरी नयाँ कार्यसमिति निर्वाचित हुने कार्यक्रम रहेकोले चैत्र १६ गतेको नेपाल बन्द तात्कालै फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ नेतृत्व समक्ष आग्रह गर्दछौं ।’

    एसोसिएसनले १६ गते शनिबारको दिन एसइइ परीक्षा समेत संचालनमै रहेको जानकारी गराउदै बन्द फिर्ता लिन आग्रह गरेको छ । विद्रोही नेकपाले ओली सरकारको प्रतिबन्ध र दमनबिरुद्ध सोमबार चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

    चैत २४ गतेसम्मको घोषित संघर्षका कार्यक्रम अनुसार चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने बताइएको छ ।

    हेर्नुहोस् विज्ञप्ति

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ