• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    विप्लवमाथि बल प्रयोग नगर भनेपछि नेपाली सेनासँग सरकारले माग्यो स्पष्टिकरण, यस्तो छ भित्रि रहस्य

    39K
    SHARES

    काठमाडौं । नेपाली सेनासँग सरकार असन्तुष्ट बनेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई बल प्रयोग गरेर नियन्त्रणमा लिन लगाइएको प्रतिबन्धप्रति असन्तुष्टि जनाएपछि सेनासँग सरकारले स्पष्टिकरण लिएको हो।

    बिहीवार विप्लव नेतृत्वको नेकपाको समस्यालाई राजनीतिक समाधान गर्नु पर्ने सेनाको धारणा र फागुन १४ गते केन्द्रीय सुरक्षा समिति बैठकमा समेत यही बिषयमा छलफल भएको समाचार प्रकाशित भएको थियो। समाचार‌ प्रकाशित भएपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलका सचिव रेश्मीराज पाण्डेले सेनाको धारणाबारे जंगी अड्डासँग स्पष्टिकरण मागेका थिए। नागरिक दैनिकमा खबर छ ।

    सरकारको स्पष्टिकरणपछि सेनाले सरकारकै आधिकारीक धारणा र निर्देशन नै सेनाको धारणा भन्दै विप्लववारे आन्तरिक रणनीति र सरकारलाई दिएको गोप्य सुझावबारे आएकाे समाचारप्रति आपत्ति जनाएको हो। तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले यसअघि बिप्लब र सिके राउतका गतिबिधि र समस्या राजनीतिक तवरबाट समाधान गर्नुपर्ने धारणा पटक पटक सार्बजनिक गरेका थिए।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उसका गतिविधिलाई नियन्त्रणमा लिने निर्णय गरेको थियो। मन्त्रिपरिषद्ले नेकपालाई प्रतिबन्ध लगाउनुभन्दा दुई साताअघि फागुन १४ गते नै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो ।

    उक्त बैठकमै नेपाली सेनाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लागेको प्रतिबन्ध र उसका गतिविधि नियन्त्रणमा बल प्रयोग घातक हुन सक्ने जनाएकोे थियो। नेकपामाथि प्रतिबन्ध लगाउनुअघि नै सेनालेनेकपाका असन्तुष्टिमाथि राजनीतिक तबरबाट समाधान खोज्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको हो।

    असन्तुष्ट समूहलाई दमन गरेर नियन्त्रणमा लिनेभन्दा अर्को बाटो नै उपयुक्त हुन्छ भन्ने सुझाव सरकारलाई दिएको स्रोतको दाबी छ।सिके राउतको विखण्डनकारी अजेन्डासमेत राजनीतिक रुपबाटै व्यवस्थापन भएको भन्दै नेपाली सेनाले विप्लव समूहलाई पनि सोही अनुसारको व्यवहार गर्नु उपयुक्त हुने जनाएको छ।

    नेकपामाथि सरकारले प्रतिबन्ध लगाएपछि महासचिव विप्लवलगायत नेता–कार्यकर्ता भूमिगत भइसकेका छन्। उनीहरुका गतिविधिमाथि सेनाले सूक्ष्म निगरानी बढाएको प्रवक्ता ढकालले जानकारी दिए। यस्तै नेपाली सेनाले विहीबार एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि आइरहेका टीकाटिप्पणीहरुप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

    नेपाली सेना अहिले पूर्वनिर्धारित तालिम, सैन्य अभ्यास र स्वास्थ्य शिविरमा केन्द्रित रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ । सेनाको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पूर्वनिर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरुमा केन्द्रित भएको हुँदा यस्ता समाचारहरुबाट भ्रममा नपर्न नेपाली सेना आग्रह गर्दछ ।’

    नेपाली सेनाले अगाडि भनेको छ, ‘नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारी प्रति सजग छ । सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको समेत स्मरण गराउँदछौँ ।’

    विगत केही दिनदेखि आधिकारिक श्रोतले दिएको औपचारिक सूचनाबाहेक पनि विभिन्न सैनिक स्रोतको हवाला दिँदै केही सञ्चार माध्यमहरुले नेपाली सेनासम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टिकाटिप्पणीहरु गरेको भन्दै विज्ञप्तिमा गुनासो गरिएको छ । विभिन्न पत्रपत्रिकाबाट साभार गरिएको

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ