• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    नेकपालाई दमन नगर्ने पक्षमा सेना, बल प्रयोग होइन राजनीतिक समाधान खोज्न माग

    9.5K
    SHARES

    काठमाडौं । नेपाली सेनाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लागेको प्रतिबन्ध र उसका गतिविधि नियन्त्रणमा बल प्रयोग घातक हुन सक्ने जनाएको छ । नेकपामाथि प्रतिवन्ध लगाउनुअघि नै सेनाले विप्लव समूहका असन्तुष्टिमाथि राजनीतिक तबरबाट समाधान खोज्न उपर्युक्त हुने सुझाब सरकारलाई दिएको थियो ।

    असन्तुष्ट समूहलाई दमन गरेर नियन्त्रणमा लिनेभन्दा अर्को बाटो नै उपयुक्त हुन्छ भन्ने सुझाब सरकारलाई दिएको श्रोतको दाबी छ । सीके राउतको विखण्डनकारी ऐजेण्डासमेत राजनीतिक रुपमबाटै व्यवस्थापन भएको भन्दै सेनाले नेकपालाई पनि सोही अनुसार व्यवहार गर्नु उपर्युक्त हुने जनाएको छ ।

    तर यता प्रहरी भने नेपाल कम्युनिष्ट पार्टीप्रति निकै आक्रामक भएर दमनमाँ उत्रेको छ । सरकारले नेकपाका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रमक अपरेसन सुरु गरेको छ । नेकपाले पहाडी जिल्ला केन्द्रीत गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रीत गर्न मतहतका निकायलाई निर्देशन दिएको छ ।

    प्रहरीले आवश्यक अनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलीभरी) र गुप्त कारबाही (अन्डर कभर अपरेसन) पद्धति अपनाएर अपरेसन सुरु गरेको हो । मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले काभ्रेमा कारबाही गर्दा पनि सोही पद्धति अपनाएको थियो ।

    ललितपुरको नख्खुमा भएको बम विस्फोथटन र बसुन्धरामा भएको बम विस्फोटमा संलग्नहरुको खोजी गर्दै जाँदा प्रहरीले सर्च अभियानभन्दा पनि अन्डर कभर अपरेसनलाई प्राथमिकता दिएको जनाएको छ । यो समाचार टपेन्द्र कार्कीले नागरिकमा लेखेका छन् ।

    यस्तै नेकपाबाट सुरक्षा थ्रेट रहेको भन्दै गृह मन्त्रालयले भीभीआइपीलाई सार्वजनिक सभा, समारोहमा सहभागिताका लागि सतर्कता अपनाउन आग्रह गरेको छ ।

    सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि सम्भावित अप्रिय घटना हुन सक्ने आँकलन गर्दै गृहले हालै सो आग्रह गरेको हो । राष्ट्रपति, उपराष्ट्रपति बाहिर कार्यक्रममा सरिक हुँदा सचेत हुन गृहले आग्रह गरेको छ ।

    मन्त्रालयले भीभीआइपी र भीआइपीको नाममा जारी गरेको पत्रमा अहिलेको विसम परिस्थितीलाई ध्यानमा राखेर जानै पर्ने कार्यक्रमबाहेक अन्य कार्यक्रममा सकेसम्म सहभागी नहुनु भन्ने ब्यहोरा उल्लेख गरिएको छ ।

    कार्यक्रममा सहभागी हुनै परे पनि सुरक्षा सतर्कता अपनाउन गृहले आग्रह गरेको बुझिएको छ । विशेष गरी गृहले उपत्यका बाहिरको कार्यक्रममा सकभर आवश्यकता हेरी मात्र सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

    राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई विभिन्न सभा, समारोहमा सहभागिताका लागि निमन्त्रणा आउँदा सुरक्षा अवस्थालाई ख्याल गरेर मात्र ती कार्यक्रममा सहभागी हुन गृहले पत्राचार गरेको उपराष्ट्रपति कार्यालयको उच्च स्रोतले जनाएको छ । याे समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ