• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    भरतपुरको सरकारी कार्यालयमा शक्तिशाली बम बिस्फोट, कार्यालय क्षतिग्रस्त

    7.6K
    SHARES



    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको वडा नं ५ को कार्यालयमा शक्तिशाली ग्यास सिलिण्डर बम बिस्फोट भएको छ । गएराति सवा १२ बजे शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिस्फोटले कार्यालय क्षतिग्रस्त भएको छ । बिस्फोटबाट मानविय क्षति भने भएको छैन ।

    बिस्फोट लग्गतै भएको आगलागि महानगरको दमकल र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो । बिस्फोट कसले र किन गराएको भन्ने खुलेको छैन । बिस्फोटबारे थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ । केहि दिन अघि मात्रै काठमाडौंको बसुन्धरामा एक मेनपावर कम्पनीका मालिकको घरमा शक्तिशाली बम बिस्फोट भएको थियो ।

    मेनपावर ब्यबसायी संघका अध्यक्ष समेत रहेका रोहन गुरुङको घरमा बम बिस्फोट हुँदा उनको गाडी नै ध्वस्त भएको थियो भने घरमा समते क्षति पुगेको थियो । उक्त बिस्फोटको जिम्मा नेकपानिकट युवा सङ्गठन नेपालले लिएको थियो ।

    त्यसअघि नेकपाले ललितपुरस्थित एनसेल मुख्यालयमा बम आक्रमण गरेको थियो । करछली गर्दै आएको एनसेलमाथि नेकपाले घोषित कारवाही गरेको हो ।

    यता काठमाडौको नागार्जुन–५, पाँचधारा हलचोकमा एक जना महिलाको हत्या गरेको आरोपमा चौकीदार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचधारा खानेपानी ट्याङ्कीमा चौकीदारको रुपमा काम गर्ने ३७ वर्षीय प्रकाश थापा मगर छन् ।

    महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरका अनुसार मंगलबार बिहान ज्यामी काम गर्ने धरान घर भइ हलचोक बस्दै आएकी ४५ वर्षीया निरमाया चेम्जुङ मृत भेटिएकी थिइन् ।

    ‘खानेपानी ट्याङ्की नजिक कोल्टो परेको अवस्थामा मृत भेटिएपछि अनुसन्धान थालेका थियौं’, राठौरले भने, ‘अनुसन्धानका क्रममा सोमबार राति निरमाया अभियुक्त थापाको कोठामा गएको देखिएको छ । त्यसक्रममा वादविवाद हुँदा पेटमा लात्तीले हानेर बेहोस बनाएको देखिएको छ ।’

    त्यतिवेलै निरमायाको मृत्यु भएको थियो । प्रकाश र निरमायाबीच विगत दुई/तीन वर्षदेखि चिनजान भएर एकअर्काको कोठामा आवतजावत हुने गरेको देखिएको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी वृत्त, स्वयम्भुसमेतको सहयोगमा थप अनुसन्धान भइरहेको राठौरले बताए ।

    फाइल तस्वीर: गुगल

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ