• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    बसुन्धरा बम बिस्फोटको जिम्मा नेकपाको युवा दस्ताले लियो, खुल्यो गुरुङमाथि कारवाही गर्नुको कारण

    14.1K
    SHARES

    काठमाडौं । मेनपावर व्यवसायी रोहन गुरुङको घरमा भएको बम विस्फोटन जिम्मा नेकपाको युवादस्ता युवा सङ्गठन नेपालले लिएको छ । बिगत लामो समयदेखि गुरुङ मानव तस्करीजस्तो घृणित कार्यमा लागेकोले उक्त कार्य तत्काल रोक्न चेतावनीस्वरूप कारवाही गरिएको युवा सङ्गठनले जनाएको छ ।

    शनिबार युवा सङ्गठन नेपालका सगठनका मध्यकमान्ड केन्द्रीय सचिब शिसिरले एक बिज्ञाप्ती मार्फत उक्त घटनाको जिम्मा लिएका हुन् । बिज्ञाप्तीमा उनले गुरुङलाई मानव तस्करी रोक्न चेतावनी दिदै आगामी दिनमा मानव तस्कारी जारी राखे थप कार्बाही गर्ने चेतावनी समेत दिएका छ्न ।

    ‘राज्य व्यवस्थाले देश र जनतालाई कङ्गाल बनाउने र मानव तस्करहरुलाई कारवाही गर्नुको साटो उनीहरुको संरक्षण गरिएको अवस्थामा हाम्रो गौरवशालि पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल मध्यमध्य केन्द्रीय कमाण्डले टप जब्स प्राइभेट लिमिटेडका म्यानेजिङ डाइरेक्टर तथा मेनपावर व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङलाई हाम्रो सङ्गठनले बारबार चेतावनी दिँदा पनि नमानेकाे हुँदा हाम्रो सङ्गठन युवा सङ्गठन नेपालले बाध्य भएर कारवाही गरेका छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

    युवा सङ्गठनले सांकेतिक कारवाहीलाई अबज्ञा गरी बैदेशिक रोगजारी दिलाउने बहानामा युवाहरुलाई ठग्ने र लुट्ने काम नरोकिए शशक्त कारवाही हुने चेतावनी समेत दिएको छ ।

    विज्ञप्तिमा अगाडि भनिएको छ- ‘सांकेतिक कारवाही अबज्ञा गरी अझै पनि यथासिघ्र बैदेशिक रोजगारी दिन्छु भनेर ठगि गर्ने, बैदेशिक रोजगारी महासंघको नेतृत्वमा बसेर राष्ट्रिय-अन्तर्राष्ट्रिय मानवतस्करी  गर्ने जस्ता कामहरु बन्द नगरिएमा योभन्दा अझ बढी सशस्त्र कारवाही गर्न बाध्यहुने चेतावनी पनि यसै प्रेस बिज्ञप्तिमार्फत दिन चाहन्छाैं ।’

    युवा सङ्गठन मानव तस्करी रोक्न गुरुङलाई चेतावनी दिएको छ । शुक्रबार राति बसुन्धारास्थित गुरुङको घरमा शक्तिशाली  बम विस्फोट भएको थियो । विस्फोटबाट गुरुङको गाडी पूर्णरुपमा ध्वस्त भएको छ भने घरमा पनि क्षति पुगेको छ । बम बिस्फोटबाट आसपासका घरका समेत क्षति पुगेको छ ।

    उक्त विस्फोटनमा परी ३ जना सामान्य घाइते भएका छन् । युवा संगठनले गुरुङले सन्चालन गर्दै आएको मेनपावरले युवाहरु विदेश पठाउने नाममा ठगी गरेको र विदेशमा सामस्यामा पारेर फर्कने युवालाई राहत दिनुको सट्टा उल्टै तनाव दिने गरेको आरोप लगाएको छ ।

    पछिल्लो समय नेकपा भ्रष्ट्राचारी, दलाल, मानव तस्कर, घुसखोर र राष्ट्रिय हित बिपरित कार्य गर्दै आएकाहरुमाथि आक्रमक देखिएको छ । केहि दिन अघि फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय बम बिस्फोट गराएको थियो । राज्यलाई ७२ अर्ब करछली गर्दै आएको एनसेलमाथि नेकपाले गत बर्षदेखि नै कारवाही गर्दै आएको छ ।

    हेर्नुहोस् विज्ञप्ति

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ