• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    विप्लवले शैन्य शिविर चलाएको भन्दै कपिलवस्तुमा प्रहरी आतंक, स्थानीय आक्रोशित

    8K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले जनमुक्ति सेनाको शैन्य शिविर चलेको भन्दै कपिलवस्तुमा प्रहरीले आतंक मच्चाएको छ । बिहिबार बिहानैदेखि कपिलवस्तुमा सशस्त्र प्रहरी र नेपाली प्रहरी व्यापक रुपमा परिचालन गरिएको छ ।

    देशमा फरक सत्ताको अभ्यास गरिरहेको नेकपाको आधार इलाकाहरुको रुपमा रहेको कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमा बिहानैदेखि हतियारसहित प्रहरी स्थानीयको घर घरमा पस्न खोजेपछि बिहानैदेखि स्थिति तनावग्रस्त बनेको छ ।

    प्रहरीको विशेष टोलीले विहीबार विहान नेकपाका कार्यकर्ता र समर्थक, शुभचिन्तकको घरमा समेत छापा हान्न र खानतलासी गर्न पुगेपछि स्थानीय आक्रोशित बनेका छन् । सोहि क्रममा स्थानीय र प्रहरीबीच झडप समेत भएको छ ।

    शिवगढी नेकपाका महासचिव विप्लवको घर रहेको इलाका हो । बालबालिकालाई समेत आतंकित पार्दै प्रहरी हतियारसहित घरघरमा घुस्न थालेपछि आफूहरुलाई बिना कारण दुख दिएको भन्दै स्थानीयहरु आक्रोसित बनेका हुन । सोहि क्रममा उत्पन्न भएको बादबिबादले झडपको रुप लिएको हो ।  प्रहरीले ज्यादती गरेको भन्दै स्थानीयवासी प्रतिकारमा उत्रिदा दुई जना प्रहरी जवान घाइते भएको बताईएको छ ।

    स्थानीयबासीले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । प्रहरीले हतियारको धम्की देखाएपछि आफूहरुले प्रतिकार गरेको स्थानीयले संचारकेन्द्रलाई बताए । स्थानीयसंगको झडपमा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए ।

    विशेष सुराकीबाट सूचना पाएको भन्दै प्रहरीले बिहीबार बिहान जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ९ स्थित यादव चन्दको घरमा सर्च थालेको थियो । यादव चन्द विप्लवका भतिजा भएको जनाइएको छ । सो क्रममा प्रहरीले विभिन्न हतियार नियन्त्रमा लिएको दावी गरेको छ ।

    यादव चन्दको घरबाट प्रहरीले एसएमजी, त्यसमा लाग्ने गोली, त्यसको म्यागजीन ३ थान बरामद भएको जनाएको छ । सोहि क्रममा प्रहरीको गोली लागेर नेकपाका एक जना कार्यकर्ता घाइते भएका छन् । प्रहरीले चलाएकाे गाेली स्थानीय दुर्गा बहादुर रोकाको बायाँ खुट्टामा लागेको छ । उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    शिवगढी दाङसँग सीमा जोडिएको स्थान हो । यहाँ विप्लवका सबै परिवारको बसोबास रहँदै आएको छ । नेकपाको आधार इलाकाका रुपमा हेरिएको शिवगढीमा जनयुद्ध बेला पनि यो गाउँमा १४ जना भन्दा धेरै शहिद भएका थिए । तराइका जिल्लाहरु माओवादीको प्रभाव कम भएको मानिए पनि शिवराजलाई तत्कालीन माओवादीले ‘मिनी रोल्पा’ भन्दै आएको थियो । प्रहरीले अपशेसन बारेमा विस्तृतमा खुलाउन चाहेको छैन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ