• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    जनतासँग माफी माग्दै नेकपाले भन्यो- मानवीय क्षति गर्ने उद्देश्य थिएन, एनसेलमाथि कारवाही जारी छ

    14.3K
    SHARES



    काठमाडौं । ललितपुरस्थित एनसेल मुख्यालयमा गरिएको बम आक्रमणका क्रममा भएको मानवीय क्षतिप्रति दुख व्यक्त गरेको छ । साथै करछलुवा एनसेलमाथि जनताकै चाहाना अनुसार कारवाही गर्ने क्रममा मानवीय क्षति हुन पुगेको भन्दै माफी समेत मागेको छ ।

    शुक्रबार राति नेकपाले ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयलाई लक्षित गरी शक्तिशाली बम पड्काउँदा १ जनाको मृत्यु भएको थियो भने, दुई जना घाइते छन् ।

    नेकपा एक नेताले संचारकेन्द्रसँग कुरा गर्दै भने, ‘नेपाली जनताबाट नै खरबौं रकम असुल्ने र नाफा कमाउने फेरी पनि राज्यलाई कर नतिरेर जसरी एनसेलको मनपरी गरेका छ, यो त हदैसम्मको घोटला भयो । हामीले कारवाही गर्न खोजेको करछलुवा एनसेलमाथि हो तर त्यहाँ मानवीय क्षति हुन पुग्यो, त्यसका लागि हामी जनतासँग माफी माग्न चाहन्छौं ।’

    नेकपाले एनसेलका टावरमा भएको आगजनी र कार्यालयमा भएको बम विस्फोट आफूहरुले गरेको स्विकार गरेको हो। उनले आफ्नो पार्टीको सर्वसाधारणलाई लक्षित गरेर बिस्फोट गराउने कुनै लक्ष्य नभएपनि उक्त स्थानमा मानवीय क्षति भएकोमा सिंगो पार्टी पंक्ति नै दुखी रहेको बताए।

    उनले पैदलयात्री लक्षित गरी प्रेसर कुकुर बम नपड्एकाएको प्रष्ट पार्दै भने- ‘गल्तिबस हुन पुगेको मानवीय क्षतिप्रति सिंगो पार्टी पंक्ति नै दुखी छ । तर,हामीले एनसेलले गर्दै आएको घोटलाको बिरोध गर्दै चेतावनीस्वरूप मात्रै बम पड्काएका हौं। एनसेलमाथि त देशभर नै कारवाही भएको छ नि ! तपाईहरुले थाहा पाएकै कुरा भयाे ।’

    सर्वहारा जनताको मुक्ति र बैज्ञानिक समाजवाद प्राप्तिको लागि नेकपाले अघि बढाएको एकीकृत जनक्रान्तिको अभियानमा जनतालाई नै क्षति हुने कार्य आफ्नो पार्टीले गर्न नसक्ने उनले बताए । ‘हामीले त गरिब, किसान, मजदुर, महिला, दलित बर्ग अझ एउटै वाक्यमा भन्दा आमा नेपाली सर्वहारा बर्ग, श्रमजीवी बर्गको मुक्तिका लागि न संघर्ष गरिरहेका छौं’ ति नेताले भने- ‘त्यसकारण पनि हामीले जनतालाई अमान्य काम गर्दैनौ । यहाँ चाही अलि मिस्टेक भयो फेरी एकपटक माफी माग्नैपर्छ ।’

    सर्वोच्च अदालतले समेत आदेश दिइसकेको अवस्थामा एनसेलले अझै पनि कर तिर्न आनाकानी गरिरहेको बताउदै उनले ओली सरकारका मान्छे पनि यो घोटालामा सहभागी भएको दावी गरे । बेला बेलामा एनसेलले कर तिर्न खोज्दा पनि केहि व्यक्तिले नतिर भनेर भनेको हल्ला समेत सुनिएको भन्दै उनले यस विषयमा पनि गहिरोसँग अध्ययन हुनुपर्ने बताए ।

    ‘यो एउटा एनसेलले मात्रै गरेको घोटाला होइन, यहाँ त दलालहरु छन । सरकार नै दलालहरुले चलाएका छन् ! कमिसनका लागि रचिएको यो सब नाटक हो’ उनले अगाडि थपे- ‘तपाईहरुले पनि सुन्नु भएकै होला बेला-बेलामा एनसेललाई कर तिर्नु पर्दैन भन्यो रे भन्ने हल्ला आइरहन्छन । त्यो होला पनि !’

    राज्यलाई तिर्नुपर्ने कर नतिरे एनसेलमाथि कारवाही थप शशक्तरुपमा जारी रहने नेकपाले जनाएको छ । अहिलेको कारवाही चेतावनी मात्रै भएको र अटेरी गरे जनताले आफै कानुनी कठघरामा उभ्याएर भ्रष्ट, दलाल र घुसखोरहरुलाई जनकारवाही गर्ने उनले बताए ।

    यसअघि पनि नेकपाले एनसेलमाथि अर्बौं रुपैयाँ कर छलेको, प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, अदालतले गरेका निर्णयहरू पालना नगरेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवाहरूलाई निष्प्रभावी बनाउन त्यहाँ कर्मचारीहरूलाई खरिद गरेको लगायतका आरोप लगाउँदै आएको थियो। त्यसैको चेतावनी दिन बम बिस्फोट गराइएको ती नेताको दाबी छ ।

    एनसेललाई बचाउन खोजे प्रतिरोध: ओली

    यसैबीच आइतबार साँझ बिबिसीसँग कुरा गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले एनसेलले कर नतिरेको कारण आफूहरुले कारवाही गरेको बताएका छन् । उनले पनि शुक्रबार एनसेलको मुख्यालयदेखि देशभर भएका घटना पार्टीले गरेको भन्दै जिम्मा समेत लिएका छन् ।

    पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज समेत रहेका ओलीले सरकारले एनसेलमाथिको कारवाहीलाई लिएर सरकारले आफ्नो पार्टीमाथि दमन गरे प्रतिरोध गर्ने चेतावनी दिए । “सरकारले न्यायपूर्ण कार्यलाई अन्ययपूर्ण सरकार आउने थाल्यो भने नेपाली जनताले नराम्रोसँग प्रतिरोध गर्नेछन्, त्यसको साथसाथै नयाँ राज्यसत्ता स्थापति गर्नेछन्” ओलीले कुराकानीको क्रममा भने । उनले सरकारका कुनै पनि निकायहरुले एनसेललाई कर नतिराएकोले आफूहरुले कारवाही गर्न बाध्य भएको बताए ।

    आफ्नो कारवाही कुनै व्यक्ति वा सर्वसाधारणविरुद्ध नभएको भन्दै ओलीले नख्खु विस्फोटमा परी ज्यान जानु दुःखद् भएको बताए । उनले मुख्य काम गर्ने बेला त्रृटि भएको भन्दै मृतकका परिवारलाई पार्टीले राहतको व्यवस्था गर्ने समेत बताए ।

    एक अर्को प्रसंगमा क्रान्तिको क्रममा निर्दोषको ज्यान जाने गरी हुने घटनाप्रति आफूहरु पूर्णरुपमा रुपमा सचेत हुने भन्दै ओलीले भने, “जनयुद्धको क्रममा अनहाकमा प्रचण्ड, बाबुराम र बादलहरुले १७ हजार मानिसहरुको ज्यान लिएका छन्, उनीहरुलाई कारवाही हुनुपर्छ ।”

    वार्ताको माध्यबाट समस्या समाधान नहुने संकेत नदेखेपछि आफूहरु अगाडि बढेको ओलीले बताए । उनले सरकार वार्ता गर्ने पक्षमा नरहेको समेत आरोप लगाए । जनयुद्धको क्रममा कब्जा गरेको ८० प्रतिशत भूभाग यथावत र ४० हजार जनमुक्ति सेनाको पुर्नगठन गरे आफ्नो पार्टी वार्ताको लागि तयार रहेको ओलीले बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ