• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    एनसेलमाथिको बम हमलाबारे नेकपाले मुख खोल्यो, लियो सबै घटनाको जिम्मा, हेर्नुहोस् बिस्तृतमा

    17.4K
    SHARES



    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एनसेलमाथिको कारवाहीको जिम्मा लगेको छ । फागुन १० गते राति एनसेलको मुख्यालय र देशैभरी गरिएका आगजनीको जिम्मा नेकपाले लिएको हो ।

    नेकपाले एनसेलले ७३ अर्बभन्दा बढी कर छलेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, अदालतले गरेका निर्णयहरू पालना नगरेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवाहरूलाई निष्प्रभावी बनाउन त्यहाँका कर्मचारीहरूलाई खरिद गरेर प्रभावित पारी एनसेलको ग्राहक सङ्ख्या बढाएको भन्दै नेकपाले त्यसविरुद्ध संघर्ष जारी राखेको जनाएको छ ।

    त्यसैगरी नेकपाले ललितपुरमा एक जनाको ज्यान गएको घटनालाई दुःखद् भन्दै व्यक्ति वा सर्वसाधारणप्रति कुनै लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेको समेत जनाएको छ ।

    ललितपुरको नक्खुस्थित एनसेलनको मुख्यालयमा भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने दुई जनाको उपचार भइरहेको छ ।

    विस्फोटनमा परी गम्भीर घाइते लमजुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरूङको शनिबार राति नै मृत्यु भएको थियो । अस्पतालको अनुसार राति साढे १ बजे गुरुङलाई मृत घोषणा गरिएको थियो । विस्फोटका कारण गुरुङका दुवै खुट्टा चुँडिएको, कम्मरका हड्डीहरु भाँचिएका र रगत बग्ने ठूला नशाहरु काटिएको थियो । अस्पतालका अनुसार अत्याधिक रक्तश्राबका कारण उनको मृत्यु भएको थियो ।

    उक्त घटनामा ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको छ ।

    त्यसैबीच शुक्रबार साँझ नै एनसेलका अन्य टावरमा पनि बम विस्फोट तथा आगजनी गरिएको छ । काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको छ । पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको छ । प्रहरीको अनुसार टावर जलेर नष्ट भएको छ ।

    त्यसैगरी रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा पनि आगजनी गरिएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ ।

    शुक्रबार राति नै बागलुङका विभिन्न स्थानमा रहेकाा एनसेलका टावरमा आगगजनी भएको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण भएको हो । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा पनि आगजनी गरिएको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा एनसेलको टावरमा आगजनी गरिएको छ । शुक्रबार राति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

    नवलपुर प्रहरीका अनुसार आगजनीबाट एनसेलको टावरमा क्षति पुगेको छ । स्थानीयका अनुसार सुरुमा विस्फोट गराएर आगो लगाइएको हो । आगजनीपछि नवलपुर क्षेत्रमा एनसेलको नेट्वर्कले काम गर्न छाडेको छ । रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारसहित करिब दुई दर्जनबढी टावरमाथि बम विस्फोट र आगजनी गरिएको छ । क्षतिको कारण आसपास क्षेत्रमा सेवा अवरुद्ध भएको छ ।
    नयाँ पर्चा

    यसअघि भएका आगजनी नेपाल कम्युनिस्ट पार्टीले गरेको जिम्मा लिएको थियो भने यसपटक नयाँ पर्चा भेटिएको छ ।
    पर्चामा कर नतिरेको कारण आक्रमण गरिएको उल्लेख गरिएको छ । यसलाई चेतावनीको रुपमा भनिएको छ, कर नतिरे थप आक्रमण गर्ने चेतावनी समेत दिइएको छ ।

    यस्तो छ पर्चा यस्तो लेखिएको छ

    १. ७२ अर्ब कर नतिरेकोले ।

    २. सर्वोच्च अदालतको फैसला समेत उलंघन गरेकोले ।

    ३. नाफा रकमको केही अंशसम्म पनि नेपालमा लगानी नगरी पूरै रकम विदेश निर्यात गरेकोले ।

    ४. राष्ट्रिय स्वाधिनता र सार्वभौम सत्तामाथि खलल पुर्याउने गरी दलाल पुँजीवादलाई संस्थागत गरेकोले ।

    त्यसैगरी उक्त पर्चामा अहिलेलो कारवाही चेतावनीस्वरूप सांकेतिक मात्रै भएको र यसको अबज्ञा गरेर कर नतिरे एनसेलले थप गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइएको छ ।

    पर्चामा वैज्ञानिक समाजवाद–जिन्दावाद, कर छलुवा एनसेल– मुर्दावाद, इन्कवाल– जिन्दावाद भन्दै जय जनता भनिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ