• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    एकै रातमा कसले गर्‍यो कर नतिर्ने एनसेलका २ दर्जन टावर ध्वस्त ? भेटियो यस्तो प्रमाण

    19.9K
    SHARES

    काठमाडौं । अरबौं करछली गर्दै आएको एनसेलमाथि चरणबद्ध आक्रमण भएको छ । शुक्रबार एकैरातमा एनसेलका २ दर्जन बढी टावर ध्वस्त पारिएका छन् ।

    ललितपुरको नख्खुस्थित एनासेलको मुख्यालयमा शुक्रबार साँझ ७ बजेर ५५ मिनेटमा भयानक बिस्फोट भएको आवाज आयो  आसपासका मान्छेहरु कोहि घरबाहिर निस्किए भने कोहि झ्याल ढोका थुनेर भित्र पसे । त्यसको केहि घण्टामै हल्लाखल्ला भयो र प्रहरी आइपुग्यो । इनसेलको मुख्यालयलाई लक्षित गरी गरिएको बम विस्फोटमा परे बाटो हिड्ने बटुवा !

    उक्त विस्फोटमा परेर एक जना बाटो हिड्दै गरेका बटुवाको ज्यान गएको छ । अन्य २ जना घाइते छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ ।

    विस्फोटनमा परी ज्यान गुमाउनेमा लमजुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरूङ रहेका छन् । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो।

    गुरूङको राति साढे १ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ। घाइते गुरुङको दुवै खुट्टा चुँडिएको, कम्मरका हड्डीहरु भाँचिएका र रगत बग्ने ठूला नशाहरु काटिएको पाइएको अस्पतालले जनाएको छ। अत्याधिक रक्तश्राबका कारण उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

    घाइते गुरूङलाई सुरूमा अल्का अस्पताल लगिएको थियो। त्यसपछि बीएन्डबी हुँदै अन्तिममा मेडिसिटी अस्पताल रेफर गरिएको थियो। घटनाका अन्य घाइते ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको छ।

    महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रबिन्द्रबहादुर धानुकका अनुसार बम बिष्फोट गराउने घटनामा संलग्नको खोजी भइरहेको बताए। बम विस्फोट कसले र किन गराएको भन्नेबारे अझै खुलेको छैन।

    कहाँ-कहाँ भयो आक्रमण ?

    ललितपुरथित मुख्यालय बिस्फोट भएलगत्तै काठमाडौँ नजिकैको काभ्रेकाे कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको छ । क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

    त्यस्तै शुक्रबार राति पाेखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको छ । प्रहरीकाे अनुसार टावर जलेर नष्ट भएको छ । उता रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ ।

    त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आक्रमण भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । निरीक्षक रमेशदत्त अवस्थीका अनुसार आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ ।

    शुक्रबार राति नै बागलुङका विभिन्न स्थानमा रहेकाा एनसेलका टावरमा आगगजनी भएको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण भएको हो । टावरमा आगलागी भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    त्यस्तै रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा पनि आगजनी गरिएको छ । एनसेलकाे टावरमा कसले र किन विस्फाेट र आगजनी गर्याे भनेर अहिलेसम्म खुलेके छैन र अहिलेसम्म घटनाकाे जिम्मेवारी लिएकाे छैन ।

    अपरिचित व्यक्तिले बोरामा आगो सल्काएर टावरमा आगजनी गरेको हो ।  यस्तै पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा एनसेलको टावरमा आगजनी गरिएको छ । शुक्रबार राति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

    नवलपुर प्रहरीका अनुसार आगजनीबाट एनसेलको टावरमा क्षति पुगेको छ । स्थानीयका अनुसार सुरुमा विस्फोट गराएर आगो लगाइएको हो । आगजनीपछि नवलपुर क्षेत्रमा एनसेलको नेट्वर्कले काम गर्न छाडेको छ ।

    उता रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ । त्यहाँ भएको आगजानीपछिका क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

    कसले गर्‍यो कर नतिर्ने एनसेलमाथि रातारात कारवाही ?

    उसो त बम बिस्फोट र आगजनीको जिम्मा यो समाचार तयार पार्दासम्म कसैले पनि लिएको छैन । कंचनपुरमा भने एनसेलमाथि कारवाही किन ? शीर्षकमा एउटा पर्चा भेटिएको छ । संचारकेन्द्र सम्बाददाता बिरेन्द्र भट्टका अनुसार शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल टावरमाथि आक्रमण भएको स्थानमा उक्त पर्चा भेटिएको हो ।

    उक्त पर्चामा एनसेलले ७२ अर्ब कर नतिरेकोले कारवाही गरिएको उल्लेख छ । सरकारलाई तिर्न बाकि सबै कर्ण तत्काल तिर्न सर्वोच्च अदालतले दिएको आदेश समेत उल्लंघन गरेको, नाफा रकमको केहि अंश पनि नेपालमा लगानी नगरी पुरै रकम बिदेस निर्यात गरेको, राष्ट्रिय स्वाधीनता र सार्वभौम सत्तामाथि खलल पुर्याउने गरी दलाल पुजीवादलाई सस्थागत गरेकोले कारवाही गरिएको पर्चामा उल्लेख छ ।

    त्यस्तै अहिलेलो कारवाही चेतावनीस्वरूप सांकेतिक मात्रै भएको र यसको अबज्ञा गरेर कर नतिरे एनसेलले थप गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी उक्त पर्चामाफर्त दिएइको छ ।

    पर्चामा ‘कर छलुवा एनसेल- मुर्दावाद, इन्कवाल- जिन्दावाद’ सहितको नारा समेत लेखिएको छ । पर्चाको अन्त्यमा जय जनता लेकर हस्ताक्षर समेत गरिएको छ । तर एनसेलमाथि कारवाही गरेको भन्दै पर्चा छोडेर जाने पक्षले आफ्नो कुनै बिबरण खुलाएको छैन ।  हेर्नुहोस् पर्चा

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ