• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    पत्रकार डुम्रेको बद्‍मासी, नेकपाको मुखपत्रका नाममा फेक आइडी बनाएर गालीगलौज

    19.1K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकार प्रकाश डुम्रेले पार्टीको मुखपत्रको नाममा फेक फेसबुक एकाउन्ट बनाएर पार्टीकै नेता कार्यकर्तालाई गालीगलौज गर्ने गरेका छन् । बुधबार देशभर नेकपाले २४औं जनयुद्ध दिवश मनाइरहेका बेला पार्टीको मुखपत्र रातो खबर साप्ताहिकको नाममा बनाइएको फेक फेसबुक एकाउन्टमार्फत जनयुद्ध दिबश मनाईरहेका नेता कार्यकर्तालाई गाली गर्नमा ब्यस्त थिए ।

    उनले उक्त फेक एकाउन्टबाट काठमाडौँमा रहेको रेडियो मिर्मिरेले आयोजना गरेको शुभकामना आदानप्रदान गरिरहेका पार्टीका नेता कार्यकर्ताको फेसबुकमा पूर्वाग्रही र धम्कीको भाषामा गालीगलौज गरेका थिए । उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनी प्रमुख अथिति रहेका थिए । रातो खबरको निर्देशक समेत रहेका लोहनीलाई रेडियोले प्रमुख अथिति बनाएर कार्यक्रममा बोलाएको आफुलाई खबर नभएको भन्दै डुम्रेले आयोजकलाई विभिन्‍न आरोप लगाउँदै समाजिक संजालमा तथानाम गाली गरेका थिए । कार्यक्रममा पार्टी निकट पत्रकारहरु थिए ।

    रेडियोले जनयुद्ध दिवश मनाएर सकेपछि क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य उमाकान्त शर्माले फेसबुकमा कार्यक्रमका तस्बिरहरु पोस्ट गरेपछि डुम्रेले उक्त फेक आईडीबाट रेडियोका प्रबन्ध निर्देशकले गल्ती गरेको भन्दै धम्कीको भाषामा कमेन्ट गरेका थिए । उनले ‘कार्यक्रममा बोलाउन पर्नेलाई नबोलाउने, असमन्धित मान्छेलाई बोलाएर नभएको विवाद मच्चाउने खोज्ने तपाईँ एकपटक गहिरोगरी सोच्नुस खम्बु कमरेड’ भन्दै धम्कीको भषामा रातो खबरको आइडीबाट कमेन्ट गरेका थिए ।

    डुम्रेले पार्टीकै केन्द्रीय सदस्य तथा मुखपत्र रातो खबरका निर्देशक नै प्रमुख अथिति भएको कार्यक्रममा ‘बिधि, पद्धति बिपरित बन्द कोठामा अराजक मान्छेहरुलाई जुटाएर तपाईँले के गर्न खोजेको यो पो गम्भीर बिषय भयो’ भन्दै धम्कीको भाषा प्रयोग गरेका छन् । उनले कमेन्टमा आफै पार्टीकै मुख्य नेता नै भएझैँ गरी रेडियोका निर्देशकमाथि ‘समन्धित मान्छेलाई खबर छैन, असमन्धित मान्छेलाई बोलाएर जुन प्रपञ्च रच्दै हुनुहुन्छ त्यो बिषय गम्भीर छ समिक्षा होला, हुन्छ र भएको छ’ भन्दै सार्वजनिकरुपमा गालीगलौजकै शैली अपनाएका छन् । कार्यक्रमा प्रमुख अथिति लोहनी माओवादी आन्दोलनका बौद्धिक तथा पूराना नेता हुन् भने रेडियोका प्रबन्ध निर्देशक खम्बु चन्द र कार्यक्रममा सहभागी नेता-कार्यकर्ता तथा रेडियोमा कार्यरत सबै जनयुद्धकालिन पुराना पत्रकारहरु सहभागी थिए ।

    यस्तै पत्रकार डुम्रेले माओवादी जनयुद्धमा युद्ध पत्रिकारिता गर्दै स्थापित भएका नेकपा निकट पत्रकार दिपेन्द्र रावलको स्टाटसमा समेत रातो खबरको फेक एकाउन्टबाट कमेन्ट गरेका छन् । पत्रकार रावलले कैलालीकी पत्रकार उन्नती चौधरीलाई नयाँ जिम्मेवारी पाएकोमा बधाई भनेर स्टाटस पोस्ट गरेका थिए । उक्त पोस्टमा बिना प्रशंग डुम्रेले उन्नती आत्मालोचनासहित थारु मोर्चाको कैलाली जिल्ला सचिव चयन भएको लेखेका थिए । जबकी लामो समयदेखि थारु अधिकारको लागि कमल चलाउँदै आएकी चौधरीलाई मोर्चाको जिल्ला सम्मेलनले जिम्मेवारी दिएको हो ।

    यसरी पार्टीकै मुखपत्र रातो खबरकै नाममा फेक फेसबुक एकाउन्ट बनाएर आफ्नै पार्टीका पुराना नेता कार्यकर्तामाथि पूर्वाग्रही ढंगले सार्वजनिकरुपमा अपमानजनक तरिकाले कमेन्ट गरिरहेका डुम्रे भने माओवादीले जनमुक्तिसेनालाई शिबिरमा राखेपछि भर्ना गरिएका नयाँ कार्यकर्ता हुन् । उनले न जनयुद्धमा आफै सहभागी भएर दुःख कष्ट गर्ने अवसर पाए न उनले घरमै बसेर माओवादी आन्दोलनमा लगानी गर्न भ्याए । जसलाई उनले अहिले यसरी तल्लोस्तरको अपमानजनक ब्यबहार गरिरहेका छन् । उनीहरु जनयुद्ध लडिरहेका बेला उमेरले किशोर अबस्था पनि पार नगरेका डुम्रेलाई पार्टीले साधारण सदस्यता दिएपछि २०६६ पछि मात्र उनले स्याङ्गजाबाट पत्रकारिता सुरु गरेका हुन् ।

    उनले रातो खबरको नाममा फेक आइडी बनाएर दुरुपयोग गरेको यसरी फेला परे प्रमाणहरु
    रातो खबरको नाममा रुपान्तरण गरेको फेक एकाउन्ट यसअघि आफैले बुटवलबाट प्रकाशित गरेको साप्ताहिक पत्रिका गर्जन पोस्टको आफिसिएल अनलाइन एन खबरको समाचार सेयर गर्ने गरेको भेटिएपछी तथ्य छर्लङ्ग भएको हो । उक्त फेसबुक एकाउन्टमा न्यूज शेयर गरिएको एनखबर एकवर्ष पहिले डुम्रेले सन्चालन गर्दै आइरहेका थिए । उनको पत्रिका गर्जन पोस्टको मास्टरहेडमै एनखबरको युआरएल राखिएको छ । फेसबुक-गूगल लगायतका सर्च इन्जिनहरुमा प्रकाश डुम्रे आफैले पनि एनखबरका समाचारहरु सेयर गरेको भेटिएको छ ।

    यसअघि पनि डुम्रेमाथि पत्रकार संगठनमा बिना कारण विवाद पैदा गर्न विभिन्न व्यक्ति र संगठनका नाममा फेक आइडी प्रयोग गर्दै नेता-कार्यकर्तालाई तथानाम गालीगलौज गर्ने र सार्वजनिकरुपमा अनावश्यक आरोपप्रत्यारोप लगाउने गरेको आरोप छ । उक्त फेक फेसबुक एकाउन्ट मे १३, २०१७ मा खोलिएको देखिएको छ । त्यसपछि अगस्ट २८, २०१७ मा गर्जन पोस्टले तत्कालिन बेला सन्चालन गरेको एनखबरको लोगो कभर र प्रोफाइल तस्बिर राखिएको छ । त्यहि दिनदेखि नै उनले उक्त एकाउन्टमार्फत एनखबरको समाचारहरु शेयर गर्ने गरेको देखिन्छ।

    करिब १० महिना अगाडिदेखि अपडेट नदेखिएको उक्त फेक एकाउन्टको नाम एक हप्ताअघि मात्रै अर्थात फेब्ररी ९ तारिख मध्यराति १ बजेर ५९ मिनेटमा परिवर्तन गरी रातो खबर बनाइएको देखिन्छ । राति नै उक्त एकाउन्टको कभर र प्रोफाइलमा रातो खबरको लोगो तथा फोटो राखिएको छ । त्यसरी राति नै लगातार ३ वटा रातो खबरको न्यूज सेयर गरेर उक्त एकाउन्ट रातो खबरकै हो भन्ने भ्रम दिन खोजिएको छ । रातो खबरको फेसबुकबाट विभिन्न कमेन्टहरु सार्वजनिक भएपछि रातोखबर प्रकाश गृहले अनुसन्धान सुरु गरेको छ । रातो खबर प्रकाशन गृहले आधिकारिक फेसबुकबाट आफ्नो टीमले त्यस्ता कमेन्ट नगरेको बताउँदै उक्त आईडी फेक भएको बताएको छ ।  फेक आईडी बनाएर पार्टी निकट पत्रकार र नेता-कार्यकर्ताविरुद्ध जथाभावी लेख्ने कुरा गम्भीर भएको भन्दै रातोखबर प्रकाश गृहको शुक्रबार आपत्कालिन बैठक बसेको छ ।

    रातो खबर प्रकाशनगृहको कार्यालय बागबजारमा शुक्रबार बसेको बैठकले रातो खबरसँग मिल्ने खालका गलत आईडी प्रयोग गरिएको पाइएको भन्दै यस्तो हर्कत नगर्न सम्बन्धित व्यक्ति÷समूहलाई चेतावनी दिएको छ । केही समय पहिलेदेखि रातो खबर साप्ताहिकको फेसबुक पेजसँग मिल्दोजुल्दो नक्कली फेसबुक ठेगाना प्रगोग गरेर दुरुपयोग गरिएको पाइएपछि प्रकाशनगृहले उक्त कार्य गैरकानुनी, निन्दनीय र भत्र्सनायोग्य भएको निष्कर्ष निकालेको छ । रेडियो मिर्मिरेले बुधबार जनयुद्ध दिवसका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमसँग सम्बन्धित समाचारमा अमूक व्यक्ति,समूहले रातो खबर साप्ताहिक नामकै नक्कली आईडीबाट टिप्पणी गरेको पाइएको थियो ।

    रातो खबर प्रकाशन गृहअन्तर्गत रहेको रातो खबर साप्ताहिक नामको फेस बुक आईडी र फेसबुक पेजको नक्कली आईडी अमूक व्यक्ति, समूहले प्रयोग गरिरहेको पाइएको भन्दै प्रकाशनगृहले आपत्ति जनाएको छ । रातो खबर प्रकाशनगृहले यसप्रकारका भ्रामक खबरहरूको भ्रममा नपर्न सम्पूर्ण पाठकवर्गलाई अनुरोध पनि गरेको छ । साथै यस्तो खालको फेक आईडी प्रयोग गर्नेहरूबारे अनुसन्धान भैरहेको पनि प्रकाशनगृहले स्पष्ट पारेको छ । शुक्रबार बसेको आकस्मिक बैठकले नक्कली आइडी प्रयोगकर्ताको ब्यापक खोजी गर्ने निर्णय गरेपछि डुम्रेले उक्त फेक आइडी तत्काल डिएक्टिभ गरेका छन् । डुम्रेले पार्टी र पार्टीका विभिन्न ब्युरोका नाममा समेत फेक फेसबुक एकाउन्ट बनाएर दुरुपयोग गरिरहेको नेकपा स्रोतले बताएको छ । डुम्रेका आफ्नै नामका पनि ३ वटा फेसबुक एकाउन्ट अहिले सक्रिय छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ