• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    पत्रकार बिकलाई तत्काल रिहा गर्न क्रान्तिकारी पत्रकार सङ्गठनको चेतावनी

    7.1K
    SHARES



    काठमाडौं । क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालले बझाङका पत्रकार गणेश बिकलाई तत्काल रिहा गर्न माग गरेको छ । साथै समाचार लेखेकै भरमा पत्रकार बिकलाई अपराधीलाई झैं पक्राउ हिरासतमा राखिएको भन्दै सङ्गठनले आपत्ति जनाएको छ ।

    सङ्गठन महासचिव बाबुराम भुषालले बिहिबार एक विज्ञप्ति सार्वजनिक गर्दै बिकलाई गिरफ्तार गरेर राज्यले प्रेसबिरोधि हर्कत देखाएको भन्दै घटनाको भर्त्सना गरेका छन् । राज्यका निकायले गरेका गलत कामको रिपोर्टिङ गरेकै कारण पत्रकार बिकलाई गिरफ्तार गरिएकाे भन्दै उनले बिनासर्त रिहाइको माग गरेका छन् ।

    बिकलाई बिहिबार दिउँसो बझाङको सदरमुकाम चैनपुरबाट प्रहरीले  समाचारको विषयलाई लिएर गिरफ्तार गरेको हो । साईपाल डटकमका संचालक तथा सम्पादक समेत रहेका बिकले ‘बझाङमा घुमुवा प्रहरीको मिलापत्रमा लागु औषध चरेश विक्री वितरण’ शिर्षकमा समाचार लेखेका थिए ।

    यस्तो थियो बिकले लेखेको समाचार

    बझाङमा पछील्लो समयमा जिल्लाको सदरमुकाम चैनपुरमा प्रहरीकै मिलोमतोमा लागु औषध चरेश विक्री वितरण गरेको छ । प्रहरीकै मिलोमतोमा प्रत्यक्ष रुपमा लागुऔषध चरेस बिक्री बितरण गरेको सूचनाहरु बाहिर आउँदा पनि जिल्ला प्रहरी कार्यालय बझाङ र यससँग समन्धीत सरोकारवाला निकायहरु मौन बनेका छन् ।

    जिल्लाकै अति संवेदनशील मानिने सदरमुकाम चैनपुरको धेरै जसो स्थानमा रहेका लागुऔषध चरेस बिक्री बितरण गर्ने अखडाहरुमा दैनिकी रुपमा करौडौंको चरेस बिक्री वितरण गरेको तथ्य बाहिर आएको छ । प्रहरीको प्रत्यक्ष संग्लनबाट बझाङको बसपार्क, सिमखेत, चैनपुर, गोलाई, पडेस, प्रहरीकै सङ्लग्नतामा लागु औषधचरेस बिक्री बितरण सूचनाहरु बाहिर आएको छ ।

    जिल्लामा भैरहने अपराध अनुसन्धानमा खटीने धुमुवा प्रहरी र डिउटीमा खटिने प्रहरी अपराधविरुध खटिनुको सााटो लागु औषध चरेस बिक्री वितरण सुरक्षामा पछि लागिरहेको सदरमुकाम चैनपुरका स्थानियवासीहरु बताउँछन् । ‘म नेपाल प्रहरीको क्षेत्रीय घुमुवा प्रहरी हुँ’ भन्दै लागुऔषध चरेस विक्री वितरण गर्ने व्यक्तिबाट पैसा असुली गरेको एक गोप्य स्रोतले जानकारी दिएको छ ।

    सदरमुकाम चैनपुरमा प्रहरीको लापरवाहिका कारण दिनानु चोरीका घटाना घटिरहेका छन् । केही अघिमात्रै दिउँसै अभि भनिनेको बोहराको कानमा लगाएको मुन्द्रा चोरी भएको थियो । त्यस लगत्तै सदरमुकाम चैनपुरकै मेन चैराहमा रहेको चन्द्र मोवाईल ग्यालरीमा चोरी हुदा लाखौ रुपयौ चोरी गर्नुका साथै मोवाईल ग्यालरीमा रहेका मोवाईल ल्याप्टप रुपैयाँ चोरी भएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ