• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    पलाताका आगलागी पीडितलाई सरकारले भन्दा नेकपाले दियो बढी राहत

    13K
    SHARES

    कालिकोट । कालिकोटको पलाताका आगलागी पीडितलाई कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र उनको प्रदेश सरकारले भन्दा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीले बढी राहत वितरण गरेको छ ।

    प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शाहीले प्रति परिवार नगद २० हजारका दरले राहात दिने घोषणा गरेका थिए भने यता नेकपाले प्रति घरपरिवारलाई ५० हजार नगद र ५० हजार बरावरको आवश्यक लत्ता कपडा वितरण गरिएको जनाएको छ।

    नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडि ‘रणदीप’ले तत्कालका लागि पलाताका आगलागी पीडितलाई आफ्नो पार्टीले उक्त राहात उपलब्ध गराएको र निरन्तर सहयोग सङ्कलन गरी थप राहात दिइने जानकारी सञ्चारकेन्द्रलाई दिएका छन् ।

    यस्तै उनले पलाताका पुष ८ गते राति भएको आगलागीमा परी ८७ वटा घर जलेको विवरण झुटो भएको समेत बताएका छन् । उनले केही मान्छेहरुले सरकार र विभिन्न सहयोगी दाताहरुबाट राहात हात पार्ने उदेश्यले गलत विवरण सार्बजनिक गरिएको दाबि गरे ।

    ऐडीले कतिपयले गलत मनसायका साथ फर्जि पीडित बानइएको जानकारी पाइएपछि आफ्नो पार्टीले छानवीन गर्दा ३२ घरपरिवार बास्तविक पीडित भएको पहिचान भएपछि आफ्नो पार्टीले राहात दिने क्रम सुरु गरेको बताए ।

    नेकपा कालिकोटले आगलागी पीडितलाई पलाँता गाउँपालिका– १ खाडा गाउँस्थित न्यौपाने गाँउमा पुगेरै शुक्रबार राहत वितरण गरेको हो ।नेकपाले उक्त गाउँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालान गरेर आगलागिवाट डीडित परिवारमा स्वास्थ्य सेवा उपलब्ध गराउने समेत सेक्रेटरी ऐडीले जानकारी दिए ।

    यस अघि नै नेकपाका महासचिव विप्लवले पलाता आगलागीप्रति दुखः ब्यक्त गर्दै पार्टीका नेता कार्यकर्तालाई आबस्यक राहात जुटाउन र वितरण गर्न बिज्ञप्ति निकालेरै निर्देशन दिईसकेका थिए ।

    साथै पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले समेत बिज्ञप्ति जारी गर्दै निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने जानकारी दिएको थियो । महासंघका केन्द्रीय अध्यक्ष प्रमोद योगी ‘चिरन्जीवी’ले बिज्ञप्ति जारी गर्दै आफ्ना स्वास्थ्यकर्मीहरुलाई पलाता पुगेर उपचारमा जुट्न निर्देशन समेत दिएका थिए ।

    यस्तै कर्णालीका मुख्यमन्त्री शाहीले तत्कालिन राहात उपलब्ध गराउने घोषणा गरेसंगै केन्द्र सरकारको तर्फवाट सदरमुकाम मान्मावाट तीन क्वीन्टल चामल सहित दाल, नुन तेल लगायतको खाद्यान्न सामाग्री अग्नीपिडितलाई उपलब्ध गराएको पनि जानकारी आएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ