• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    ओली सरकारले लुकाएका निर्मलाका हत्यारा खोजेर जनताको बीचमा ल्याई कारवाही गर्छौं: प्रकाण्ड

    13.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यामा सरकारको हात रहेको भन्दै दोषीलाई पत्ता लगाएर आफैं कारबाही गर्ने बताएको छ ।

    भृकुटीमण्डपमा शनिबार भएको जनसभालाई सम्बोधन गर्दै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १ सय २२ दिन बितिसक्दा पनि हत्यारा पत्ता नलाग्नुले घटनामा सरकारकै मानिसहरुको संग्लनता रहेको प्रष्ट भएको दाबी गरे ।

    उनले आफ्नो पार्टीले अपराधि पत्ता लगाएर जनताको बीचमा ल्याएइर कारबाही गर्ने चेतावनी समेत दिए । उनले भने, ‘निर्मलाको हत्यारालाई अब हामी कारबाही गर्छौं ।’

    प्रवक्ता प्रकाण्डले १३ बर्षीया बालिका पन्तको हत्याको विरोधमा मंसिर १६ गते देशब्यापी विरोध कार्यक्रम समेत आयोजना गरिएको बताउदै साथ दिन सबैलाई आग्रह पनि गरे ।

    सभालाई सम्बोधन गर्दैप्रवक्ता प्रकाण्डले सरकारका मन्त्रीहरुको काम भ्रष्टाचार गर्ने र कमिसन खाने मात्रै जस्तो भएको बताएका छन् । मन्त्रीहरुको भ्रष्टाचारलाई प्रधानमन्त्री केपी शर्मा ओली बुच पचाएर बसेको बताए ।

    पूर्वपर्यटन तथा नागरिक उड्डयन्त्री समेत रहेका प्रकाण्डले नागरिक उड्डयन मन्त्रालयमा ६ अर्बको भ्रष्टाचार भएको दाबी गर्दै भने, “सरकारका मन्त्रीहरुको काम भनेको भष्ट्रचार र कमिसन खाने भएको छ । ओलीले भष्टाचार देखेर पनि बुच पचाउनु भएको छ । ६ अर्बभन्दा बढी भ्रष्टाचार भएको ओलीलाई किन थाहा नभएको ?”

    दलाल पुँजिपति वर्ग देश विकासको बाधक भएको बताउँदै सरकारमा रहेका पार्टी र नेताले नै उक्त वर्गको संरक्षण गरेको बताए । उनले सत्तामा जाने भन्दा सरकारलाई रहेका नेताहरुलाई किसान, गरिब र परिवर्तनको लागि रगत बगाउनेहरुको कुनै चिन्ता नभएको बताए ।
    प्रबक्ता प्रकाण्डले देश अहिले विदेशीको नियन्त्रणमा रहेको बताउँदै राष्ट्रलाई नै दाउमा राखेर ठूला परियोजना विदेशीको पाउमा चढाउने प्रवृतिले देशमा विदेशीको हस्तक्षप बढेको बताए । उनले देशलाई टुक्रा–टुक्रा पार्ने षड्यन्त्र देश बाहिर र देश भित्रैबाट चलिरहेको समेत बताए ।

    केपी शर्मा ओली सरकारमा आएपछि थुप्रै राष्ट्रघाती कामहरु अगाडि बढेको आरोप लगाउँदै प्रकाण्डले भने, “बुढिगण्डकीको काम प्रचण्डले चीनलाई दिने, देउवाले भारतलाई दिने र ओलीले फेरि चीनलाई दिने परिपाटीबाटै देश विदेशीको चलखेल रहेको प्रष्ट भएको बताए । उनले डरलाग्दो रुपमा देशमा राष्ट्रघात रहेकाले नागरिकलाई देश रहन्छ वा रहँदैन भन्ने चिन्ता रहेको समेत बताए । उनले सरकार विदेशीको गुलामजस्तो मात्रै भएको समते बताए ।

    समृद्धिको नारा दिएपनि विकासका बाधक नै सरकार भएको बताउँदै प्रवक्ता प्रकाण्डले संसदवादी नेताहरु भ्रष्टाचार गर्नको लागि जन्मिएको जस्तो देखिएको बताए । उनले हिजोका भूइँफुट्टा मान्छेहरु रातारात करोडपति भएको बताए ।

    जनसभाको प्रमुख बक्ता समेत रहेका प्रकाण्डले जनयुद्धले ठूलो बलिदान गरेर गणतन्त्र ल्याएको तर नेताहरुकै कारण विभेद जारी रहेको बताए । सबै नागरिकले समान र स्वाभिमानका साथ बाच्नको लागि वैज्ञानिक समाजवाद आवश्यक भएको बताउँदै आफ्नो पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि ल्याएको बताउ ।

    जनसभालाई माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, सामाजिक अभियान्ता नरबहादुर कार्की लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

    जनसभामा पूर्वमाओवादी केन्द्रका नेता तथा पूर्वसभासद् पुरन राना थारु, सामाजिक अभियान्ता नरबहादुर कार्कीलगायत पार्टी पार्टी प्रवेश गरेका छन् । उनीहरुको वर्तमान सरकारले जनताको आधारभूत आवश्यकताका साथै देशको रक्षा गर्न नसक्ने विप्लवको नेतृत्वमा नयाँ क्रान्ति आवश्यक भएको धारणा राखे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ