• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मुख्य समाचार

प्यूठानमा वडाअध्यक्षले कार्यालयमै प्रहार गरे पत्रकारमाथि खुकुरी

77.2K
SHARES



प्युठान । 

प्यूठानमा एक जना जनप्रतिनिधिले पत्रकारमाथि धरिलो हतियार प्रहार गरी भौतिक आक्रमण गरेका छन । स्वार्गद्वारी नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर भट्टराईले पत्रकार केन्द्र पिबीमाथि भौतिक आक्रमण गरेका हुन् ।

घाइते पत्रकार पिबीका अनुसार सोमबार दिउँसो ३ बजेतिर वडाध्यक्षले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृको कार्यकक्षमा नै धारीलो हतियार प्रयोग गरेर हानेका हुन ।

कार्यालयमा रहेका नेत्रबहादुर घर्तीलाई हतियार प्रहार गर्दा छेक्न गएका पत्रकारलाई भट्टराईले पछाडीबाट धारिलो हतियार खुकुरीले हानेका हुन् ।

स्वर्गद्वारी माडी मिडिया ग्रुप प्रालिको अध्यक्ष तथा माडी खबर साप्ताहिक पत्रिकाका सम्पादक पिविको अहिले स्थानिय अस्पतालमा उपचार भैरहेको छ ।

पिबीमाथिको आक्रमणको चौतर्फी विरोध भइरहेको छ । क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य समेत रहेका पत्रकार पिबी खतरामुक्त रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ