• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    दाङ र जाजरकोट साखाले गरे रावत नेतृत्वको क्रान्तिकारी पत्रकार संगठनमा आवद्ध हुन अपिल (विज्ञप्तीसहित)

    12.3K
    SHARES

    दाङ ।

    क्रान्तिकारी पत्रकार संगठन नेपालका २ जिल्ला समितिले डिल्लीराज रावत केन्द्रीय अध्यक्ष रहेको संगठनमा गोलबद्ध हुन सबै क्रान्तिकारी पत्रकारहरुलाई आव्हान गरेका छन्।

    शनिवार जाजरकोट र दाङ जिल्लामा बसेका २ छुट्टाछुट्टै बैठकले संगठनको तेश्रो राष्ट्रिय सम्मेलनपछि बसेको पहिलो पूर्ण केन्द्रीय समिति बैठकले आधिकारीक र संस्थागत निर्णय गरेर रावत नेतृत्वमा पदाधिकारी चयन गरेपछि जिल्ला शाखाहरुले उक्त संगठनमा एकताबद्ध हुन आव्हान गर्न थालेका छन् ।

    शनिवार बसेको दाङ शाखा बैठकले रावत नेतृत्वमा रहेको क्रान्तिकारी पत्रकार संगठन नेपालको आधिकारिक टीममा एकताबद्ध हुन बिज्ञप्ति निकालेरै आव्हान गरेको छ ।

    संगठनका केन्द्रिय अध्यक्ष रावतको प्रमुख आतिथ्यतामा बसेको बैठकले संगनठका विषयमा बजारमा आएका अनावश्यक हल्लाको पछी नलाग्न र भ्रममा नपर्न आम जनता, बुद्धिजीवी, ब्यापारी, संचारकर्मी सबैमा अनुरोध गरेको छ ।

    संगठनका दाङ शाखाका कार्यवाहक अध्यक्ष सन्तोष कुमार गुप्ताको अध्यक्षतमा बसेको बैठकले निवर्तमान अध्यक्ष जानकी दहित (चौधरी)लाई संगठनको केन्द्रीय सम्मेलनमा पारित विधान विपरीत गएको, सम्मेलनको म्याण्डेड बिपरित गुटबन्दी गरेको र संगठनका सहयोद्धाहरुको व्यक्तिगत चरित्र हत्या गर्ने जस्ता निकृष्ट हर्कात गरेका कारण साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

    संगठनका दाङ शाखा सचिव जंग बहादुर रेउले संचालन गरेको बैठकका प्रमुख अथिति केन्द्रीय अध्यक्ष राउतले राष्ट्रिय सम्मेलनको म्यान्डेडलाई रद्दीको टोकरीमा मिल्काउदै, अहिलेसम्मको जनवादी अभ्यासलाई लत्याएर ५/७ जनाको गुट निर्माण गरी, संगठनको दुई तिहाई बढी संख्यालाई वाइपास गरेर केही व्यक्तिहरुले आफुलाई क्रान्तिकारी पत्रकार संगठनका नेता कार्यकर्ता बताएर हौवा पिटेको भन्दै भ्रममा नपर्न सबैमा अपिल गरेका छन् ।

    यस्तै अध्यक्ष रावतले आफुहरु निरन्तर नेपालको क्रान्तिकारी आन्दोलन, उत्पीडित, श्रमजीवी बर्ग तथा परिवर्तनका पक्षमा कलम चलाउदै निर्भिक जनपक्षीय पत्रकारिता गर्ने अभियानमा लामबद्ध भएको भन्दै कृष्णसेनले देखाएको बाटोमा निरन्तर अगाडी बढ्न सबै क्रान्तिकारी पत्रकारहरुलाई आग्रह गरेका छन् ।

    यस्तै उता जाजरकोटमा संगठनका केन्द्रिय सदस्य तथा जिल्ला उपाध्यक्ष निर्मला थापाको अध्यक्षता शनिवार नै बसेको बैठकले पनि डिल्लीराज रावत नेतृत्वको क्रान्तिकारी पत्रकार संगठन नेपालमा एकताबद्ध हुन सबैलाई आव्हान गरेको छ ।

    केही व्यक्तिले आफो निहित व्यक्तिगत स्वार्थपूर्तिका लागि सिङ्गो संगठन नै समाप्त पारेर भएपनि पार्टीको मूल नेतृत्व समक्ष संगठनका सिनिएर नेताहरुका बिरुद्ध लगातार गलत र कपोलकल्पित रिपोर्ट गर्दै संगठनको नेतृत्व हत्याएको बजार हल्ला आइरहेका बेला यस्तो निर्णय गरेको छ

    जाजरकोट जिल्ला अध्यक्ष तिर्थ बोहरा संगठनको केन्द्रीय समिति बैठकमा सहभागी भइ आफ्नो जिल्लाको तर्फबाट एकताबद्ध भएको घोषणा गरेपछि जिल्ला संगठन रावत नेतृत्वको टीममा गोलबन्द भएको हो । जिल्ला अध्यक्ष बोहोरा आफ्नो कार्य व्यस्तताका कारण बैठकमा उपस्थित हुन नसकेको अवस्थामा उपाध्यक्ष थापाको अध्यक्षतामा बैठक बसेको संगठनले जनाएको छ ।

    हेर्नुहोस् विज्ञप्ती

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ