• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास मुख्य समाचार

    जनजाती महसंघ मलेसियाका पूर्वअध्यक्षको कर्तुत, रोजगारका लागि पुगेका १६ नेपालीको बनाए बेहाल

    18.2K
    SHARES

    सुप्रल भट्टराई, मलेशिया ।

    नेपाली हरुको वैदेशिक रोजगार अन्तर्गत मुख्य गन्तव्य मध्ये एक हो मलेसिया । पछिल्लो विवरण अनुसार ५ लाख भन्दा बढी नेपाली कामदार आफ्नो रोजगारीका लागि मलेसियामा रहेको अनुमान छ ।

    पछिल्लो समय घरपरिवार र देश छोडेर विदेश पुगेका नेपालीहरु नेपाली दाजुभाइहरुबाटै ठगिन र अप्ठ्यारोमा पर्ने गरेका घटनाहरु बेला बखत बाहिर आइरहेकै हुन्छन् ।

    बैदेशिक रोजगारीकै भाषामा भन्दा विशेषगरी ठगी गर्नेहरु दलाल नै हुन्छन् । विभिन्न बहाना ठगी गरेर आफ्नै दाजुभाइको पेटमाथि लात हान्ने दलालहरुको धन्दाले कयौं नेपाली मजदुरहरु बिदेशमै अलपत्र पर्नेदेखि घर फर्किने कहिले संबन्धित दुतावास त् कहिले बिभिन्न राजनीतिक दलका प्रवास सङ्गठन गुहार्न बाध्य हुन्छन् ।

    अहिलेको अवस्थामा मलेसियाको राजनीतिमा परिवर्तन आएसँगै आप्रवासी कामदार नीतिमा पनि परिवर्तन भएको छ । अहिले अवैधानिक नेपाली मजदुरले तीन प्लस एक (३+१) प्रक्रियाबाट घर फिर्ती हुन मलेसिया सरकारले दिएको समयसिमा सकिनै लाग्दा केही नेपाली मजदुरहरु लामाे समयदेखि मलेसियामै बसेर रोजगारीसँगै राजनीति गर्दै आएका जिम्मेवार व्यक्तिबाटै ठगिएका छन् ।

    (३+१) प्रक्रियाबाट घर फिर्ती हुन मलेसिया सरकारले दिएको समयसिमा अन्तिम चरणमा पुगिरहेको मौका छोपरे नेपाली नागरिकलाई घर फिर्तीमा सहजीकरण गर्छु भन्दै तत्कालीन नेपाल आदिवासी जनजाती महांसंघका पूर्वअध्यक्ष पिटि सेर्पा ‘पिनासा’ ले १६ जना मजदुरमाथि ठगी गरेर बेहाल बनाएका छन् ।

    शेर्पाले प्रति कामदारबाट २ हजार रिङ्गेट देखि ४ हजार रिङ्गेटसम्म पैसा लिएर करिब डेढ महिना अगाडिबाट उनीहरुलाई आफ्नै रकोठामा बोलाएर राखे । आज-आज, भोली, भोली भन्दाभन्दै  घर फिर्तीका लागि मलेसिया सरकारले दिएको समयसिमा सकियो तर घर फर्काउने भन्दै शेर्पाले दिदै आएको आश्वासन भने सकीएन ।

    शेर्पाले सहयोग गर्ने आश्वासन दिएर आफ्नै कोठामा बन्दक बनाएर राखेका पीडितहरुको होस् तब उड्यो जब उनीहरुले आफूहरु ठगिएको थाहा पाए । अहिले ति कामदारहरुले नेपाली राजदुतावास मलेसियामा न्याय माग्दैउजुरी दिएका छन । तर दूतावासले पनि यसबारेमा औपचारिक रुपले कुनै पहल नै  पिडितहरुको गुनासो छ ।

    १६ जना पिडितहरुले नेपाली राजदुतावास मलेसियामा दुई चरणमा गरी उजुरी पनि राजदुतावासले कुनै चाँसो नदिएको र आफुहरुको समस्या समाधानको निम्ति आधिकारिकरुपमा कुनै पहलसम्म नगरेको पुर्ण बहादुर डाँगीले संचारकेन्द्रसँग दुखेसो पोखे ।

    घर फर्कने भन्दै पैसा असुल्ने शेर्पा अहिले विभिन्न बहानामा आफूहरुलाई थर्काइरहेको पिडितहरुको गुनासो छ । उनीहरुले आफूहरुलाई शेर्पाले धेरै बोले ठिक नहुने भन्दै अनेकौं धम्की समेत दिन टालेको बताएका छन्  ।

    रोजीरोटीका लागि मलेसिया पुगेको अवस्थामा ठगको फेला परेर जीवनसमेत खतरामा परेको भन्दै पीडितहरुले जीवनरक्षाको मागसहित तत्काल नेपाल फर्काइदिन सार्वजनिक अपील समेत गरेका छन ।

    यस्तो भन्छ दूतावास 

    यसैबीच यस विषयमा मलेसियास्थित नेपाली राजदुतावाससँग बुझ्दा बन्दक बनाइएका पीडित आफै गएर मलेसिया प्रहरीलाई उजुरी दिनुपर्ने बताएको छ । राजदुतावासका कार्यवाहक अध्यक्ष कुमारराज खरेलले आफुहरुको तर्फबाट अरु कुनै पहल हुन नसक्ने भन्दै पिडितले प्रहरीकहाँ जानुपर्ने गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिए ।

    नेपाल सरकारको आधिकारिक निकाय दूतावासले दिएको यसप्रकारको गैरजिम्मेवारीपूर्ण जवाफले आफुहरुलाई झनै दुखि बनाएको पिडित डाँगीले बताए ।

    यसरी नेपाली मजदुरमाथि नेपाली दलालले नै ठगी गर्दा नेपाली राजदुतावासले कुनै औपचारिक पहल गर्न नसक्नु पूर्वाग्रही र दुखद कुरा भएको उनीहरुको गुनासो छ ।

    २०७५ असोज १० मा प्रकाशित ।

    प्रतिक्रिया