• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    नेकपाका पोलिटब्युरो सदस्य शिलु र आजाद रिहा, के छ प्रकाण्डको अबस्था ?

    23.3K
    SHARES



    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’ रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस गर्दै सर्वोच्च अदालतको आदेशमा उनीहरु रिहा भएका हुन् ।

    बन्दी प्रत्यक्षीकरणको रिटमाथि बहस गर्दै आइतबार सर्वोच्चले रिहाई गर्न आदेश दिएको थियो । यसअघि उनीहरुलाई अदालतकै गेटबाटै प्रहरीले पुनः गिरफ्तार गर्दै आएको थियो ।

    भुजेलका भाई पदमबहादुर भुजेल र केसीकी श्रीमती सीमा केसीले बिनाकारण गैरकानूनी रुपमा थुनामा राखेको भन्दै तत्काल रिहाईको माग राखेर रिट निवेदन दर्ता गरेका थिए ।

    रिटमाथिको बहसपछि गत हप्ता सर्वोच्चले बाटोको म्याहेक २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालयलगायत विपक्षीको नाममा आदेश दिएको थियो ।

    भुजेल र केसीलाई तेस्रोपटक गिरफ्तार गरी विभिन्न जिल्ला प्रहरीको हिरासतमा राख्दै आएको थियो । दुवैजनाको रिटमाथि बहस गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको पूर्ण इजलासले रिहा गर्न अादेश दिएको हो ।

    भुजेल र अाजादको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता एकराज भण्डारीले दुबै नेता सुरक्षित रुपमा अाफन्तको सम्पर्कमा पुगेको बताएका छन् ।

    यस्तै नेकपाका प्रबक्ता खडक बहादुर बिश्वकर्मालाई भने आज समय अभाब भएको भन्दै सर्वोच्च अदालतले उनको मुद्दाका बारेमा मंगलबार बहस गर्ने बताइएको छ । श्रोतका अनुसार सरकारले बार्ताको बाताबरण बनाउनका लागि बिकलाई पनि रिहा गर्ने निति लिएको बुझिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ