• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    श्रीमतीसँग सम्बन्ध भएको आशंकामा घरमै पुगेर हत्या, कसुर स्वीकार्दै फेसबुकमा लेखे यस्तो स्टाटस

    21.9K
    SHARES



    काठमाडौं ।

    आफ्नी श्रीमतीसँग गलत सम्बन्ध राखेको आशंकामा दाङका एक व्यक्तिले ओखलढुंगाका युवकको हत्या गरेका छन् ।

    वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका दाङ लालमटिया, भालुबाङका सञ्जिव थापाले स्वदेश फर्केर ओखलढुंगा मोलुङ–३ का सन्तोष कार्कीको घरमै पुगेर छुरा प्रहार गरी हत्या गरेका हुन् । कार्कीको शरीरमा १५ ठाउँमा चोट देखिएको प्रहरीले जनाएको छ ।

    प्रहरीलाई दिएको बयान अनुसार हत्यापछि थापा ३ दिनसम्म हिँडेर दाङ पुगेका थिए । दाङ पुगेर घटनाको ६ दिनपछि उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै कार्कीको हत्या गरेको स्वीकारेका छन् । उनले सत्य, तथ्यको वास्तविक कारण कार्कीकै मुखबाट जान्नका लागि आवश्यकताभन्दा बढी प्रहार गरेको पनि उल्लेख गरेका छन् ।

    उनले लेखेका छन् – ‘हो ओखलढुङगा मोलुङ ३ हर्कपुर निबासी सन्तोष कार्कीलाई अन्तिमपटक बर्षोदेखि मलाई दुखपिडा दिदै बदनाम गराइदिनुको कारण सोधपुछ गर्न सम्झाउन भदौ ५ गते उस्को घर पुगेको थिए, तर उल्टै ममाथि हातपात गर्नपुग्दा धारीलो हतियार प्रयोग गरी अन्तिम विकल्प स्वरुप उस्लाई दण्ड दिएकै हुँ ।’

    मर्ने वेला कार्कीले आफ्नो गल्ती समेत स्वीकारेको दाबी गर्दै उनले अगाडि लेखेका छन्, ‘सत्यतथ्यको बास्तबिक कारण उसकै मुखबाट जान्नकै लागि उसकाे शरिरमा आबस्यकभन्दा धेरै प्रहार गरेकै हुँ र मर्ने बेलामा उसले आफ्नो गल्ती स्विकार गर्दै भनेका केहि शव्दहरू समावेस गराईन , मेरा सवै बिकल्पहरू असफल हुन पुग्दा दण्डलाई नै मेरो अन्तिम बिकल्पको अस्त्र बनाउन पुग्दा मबाट गल्ती भएकै हो। ।’

    उनले गल्ती गर्ने जो कोही कानुनको भागिदार हुनै पर्ने भन्दै कानुन समक्ष आत्मसमर्पण गर्ने बताएका थिए । तर, उनी लुकीछिपी बस्दै गरेको अवस्थामा बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    ५ भदौमा कार्कीको हत्या भएको हो । तर उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशबहादुर सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले बुधबार बिहान पक्राउ गरेको छ ।

    प्रारम्भिक सोधपुछका क्रममा थापाले आफ्नी श्रीमतीसँग सम्बन्ध भएका कारण कार्कीको हत्या गरेको दाबी गरेका छन् । उनी कार्कीको हत्या हुनु केहीदिन अगाडि मात्रै नेपाल आएका थिए ।

    हत्यापछि बिभिन्न तथ्यलाई आधार बनाएर कल डिटेल रेकर्ड लगायत चेक, जाँच गर्दा प्रहरी थापासम्म पुगेको थियो । अनुसन्धान जारी रहेकै वेला थापाले ३ दिन अगाडी अर्थात २६ अगस्टमा फेसबुकमै स्टाटस पोष्ट गरेर कसुर स्वीकारेपछि प्रहरीको शंका पुष्टि भएको थियो ।

    यता प्रहरीले भने थापाले श्रीमतिसँग सम्बन्ध भएको आशंका गर्दै हत्या गरे पनि हालसम्मको अनुसन्धानले उनीहरुबीच सम्बन्ध भएको नदेखाएको बताएको छ।

    हेर्नुहोस् उनको फेसबुक स्टाटस जस्ताको त्यस्तै 

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ