• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    तेस्रोपटक गिरफ्तार परे प्रकाण्ड, सर्वोच्च गेटबाट समातेर सिधै भोजपुर लगिँदै

    36.5K
    SHARES



    काठमाडौं ।

    नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) तेस्रोपटक गिरफ्तार परेका छन् । सर्वोच्च अदालतको आदेशले बिहीबार रिहा भएसँगै उनी पुनः तेस्रो पटक गिरफ्तार परेका हुन् । प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट गिरफ्तार गरेको हो ।

    चन्दा आतंक मच्चाएको भन्दै साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई आरोप पुष्टि नभएपछि गत भदौ १ गते पनि सर्वोच्चले छाड्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका प्रकाण्डलाई सर्वोच्च अदालत परिसरबाट दोस्रोपटक गिरफ्तार गरेको थियो ।

    प्रकाण्डलाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्चको रजिष्ट्रारको रोहबरमा बिहीबार अर्थात आज छाड्न आदेश दिएको थियो । सर्वोच्चको आदेशले छुट्नासाथ प्रकाण्डालाई पुनः तेस्रोपटक गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिए ।

    यसअघि आजमात्रै पनि नेकपाका केन्द्रीय सदस्य अशललाई समेत प्रहरीले गिरफ्तार गरेर बेपत्ता पारेको छ । बिहिबार उनलाई थानकोटबाट गिरफ्तार गरेको छ ।

    २०७५ भदौ ७ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ