• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    डडेल्धुरामा मिनीटाटा जलाइयो, ट्रकमाथि तोडफोड, मकवानपुरमा २ टाटासुमोमाथि पेट्रोल बम प्रहार

    59.4K
    SHARES



    काठमाडौं ।

    डडेल्धुरामामा एउटा मिनीटाटामाथि आगजनी भएको छ । भने एउटा ट्रकमा तोडफोड भएको छ । मंगलबार बिहानै डडेल्धुराको मेलखोल मा मिनीटाटा जलाइएको हो भने डोटीको गोल्डेनमा ट्रकमाथि तोडफोड भएको छ ।

    नेकपाले आवहान गरेको बन्दको असर सुदूरपश्चिमका ९ वटै जिल्लामा परेको छ । कलकारखाना, स्कुल, कलेजहरु र बजार ब्यबसायहरु समेत ठप्प छन् ।

    बन्दकै क्रममा देशभर बिस्फोटका घटनाहरु भैरहेको छन् । यसैबीच काठमाडौंबाट हेटौंडा जाँदै गरेको टाटासुमोमा पेट्रोल बम प्रहार भएको छ ।मकवानपुरको हुमाने भञ्ज्याङमा २ वटा टाटासुमोलाई लक्षित गरेर पेट्रोल बम प्रहार भएको जानकारी प्राप्त भएको छ ।

    घटनाको विषयमा प्रहरीले भने अनविज्ञता जनाएको छ तर स्थानीयको अनुसार सुमोमा समान्य क्षति भएपनि मानविय क्षति भने नभएको जनाईएको छ ।

    यस्तैक मवानपुरमा नै एउटा स्कूल बसमा आगजनी गरिएको छ । बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरको टिष्टुङमा बसमा आगजनी भएको हो ।

    नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गरेर बस संचालन गरेको भन्दै आगजनी गरिएको बताइएको छ ।

    मंगलबार विहान ६ बजे बसमा आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो । भन्सार छुटाएर काठमाडौं लैजादै गरेको स्कूलबस पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ ।

    बन्द अवज्ञा गरेको भन्दै काठमाडौंसहित देशका बिभिन्न ठाउँमा सवारीसाधनमाथ तोडफोड र आगजनी भएको छ । पार्टीका प्रवक्ता प्रकाण्डको गिरफ्तारीको विरोधमा नेकपाले अाज नेपाल बन्दको अाह्वान गरेको थियो ।

    २०७५ साउन २९ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ