• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    नेता कार्यकर्ता भकाभक गिरफ्तार पर्न थालेपछि नेकपाको युवा सङ्गठन आक्रोसित

    8.9K
    SHARES

    काठमाडौं ।

    नेता कार्यकर्ताहरु भकाभक गिरफ्तार पर्न थापेपछि नेपाल कम्युनिष्ट पार्टीको युवा सङ्गठन योङ्ग रेडफोर्स नेपाल आक्रोसित बनेको छ ।

    केपी-प्रचण्ड सरकारले गैरन्यायिक तरिकाले आफ्ना नेता तथा कार्यकर्ता र पार्टीसँग आस्था राख्ने जनतालाई समेत गिरफ्तार गरेर यातना दिएको भन्दै त्यसको बिरुद्ध सशक्त प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।

    नेकपा प्रवक्ता गिरफ्तार परेपछि रेडफोर्सको उपत्यका ब्युरोले एक बिज्ञप्ति जारी गर्दै आफूहरु दमनबिरुद्ध प्रतिरोध उत्रिन लागेको भन्दै साथ् दिन सबै देशभक्त, समाजसेवी, बुद्धिजीवी र आम नेपालीहरुमा आग्रह गरेको छ ।

    ब्युरोका उपत्य ब्युरो संयोजक अनुप शर्माले अपहरकारी शैलीमा पार्टी प्रवक्ता, पोलिटब्युरो सदस्य र केन्द्रीयसहित सयौं नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेर झुटा मुद्दा लगाएको भन्दै त्यसो विरोधमा साउन २९ गते हुन लागेको नेपाल बन्द सफल पार्न सबैमा अनुरोध गरेका छन् ।

    साथै गिरफ्तार सबै नेता कार्यकर्ताहरुको तत्काल रिहाइको माग समेत गरेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ