• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    गिरफ्तार नेकपाका नेताहरुलाई रोल्पाली जनताले चौकीबाट खोसेर ल्याए, प्रहरी हेरेको हेरेइ

    71.2K
    SHARES



    रोल्पा । 

    रोल्पामा नेपाल कम्युनिस्ट पार्टीका स्थानीय कार्यकर्ताहरूलार्इ प्रहरीले गिरफ्तार गरेपछि आक्रोशित स्थानीयहरूले उनीहरूलार्इ प्रहरीको हिरासतबाट मुक्त गराएका छन् ।

    केही दिन अघि रोल्पा घर्तीगाउँमा नेकपाका प्रवक्तासहित गिरफ्तार नेता कार्यकर्ताको विरोधमा शान्तिपूर्ण कार्यक्रम गरिरहेको बेला कार्यक्रमस्थलबाटै स्थानीय कार्यकर्ता गिरफ्तार गरेपछि त्यसको एक दिनपछि स्थानीयहरूको ठूलो समुह चौकी गर्इ आफ्ना स्थानीय नेतालार्इ प्रहरीको हिरासतबाट मुक्त गराएका हुन् ।

    रोल्पाको माडी गाउँपालिका अन्तर्गत पर्ने घर्तिगाउँ बजारमा व्यापक जनसहभागितामा रिहाइको मागगर्दै कोणसभा गर्दै गर्दा पक्राउ परेका नेकपा रोल्पा जिल्ला कमिटी सदस्य दिनेश र सुर्यलाई बिनाकारण प्रहरीले गिरफ्तार गरी ईलाका प्रका घर्तिगाउँमा राखेको थियो ।

    ठूलो संख्यामा रहेका आक्रोसित पश्चिम रोल्पाली जनताहरुले ईप्रका घेराउ गरी प्रहरीकै कब्जाबाट दिनेश र सुर्यलाई मुक्त गरेका हुन् । जनताहरु आक्रोसित भएर चौकीमा पुगेपछि प्रहरी हेरेको हेरेइ भएको थियो ।

    प्रहरीले नेकपाका प्रवक्ता प्रकाण्डलाई काठमाडौंको खक्षिणकालीबाट पक्राउ गरेको थियो । उनलाई अहिले महानगरिय प्रहरी परिसर महाशाखा टेकुमा राखिएको छ । उक्त पार्टीले कोणसभा देखि नेपाल बन्द सम्मको कार्यक्रम घोषणा गरिसकेको छ ।

    तस्वीर: गुगलबाट

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ