• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    पञ्चदेवल विनायक नपारपालिकाका मेयर र उपमेयरका विथितिविरुद्ध ६ पार्टी एकजुट

    3.3K
    SHARES



    काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिकाको पहिचान काण्डै काण्ड र बेथितिका चाङ बनेको छ । यो नगरपालिकामा पछिल्ला दुबै निर्वाचनमा नेपाली काँग्रेसले जित्दै आएको छ । नेपाली काँग्रेसका नेता कार्यकर्ता तथा मेयर र उपमेयरले नगरपालिकालाई दुनो भैसी बनाएका छन् । जनताबाट अमूल्य मत लिएर निर्वाचित भएका जनप्रतिनिधिले पालिकालाई आफ्नो स्वार्थ पूर्ती गर्ने थलोको रुपमा उपयोग गर्दै आइरहेको आरोप लागिरहेको छ ।

    सार्वजनिक भएका पछिल्ला काण्डले पनि त्यहीँ देखाएको छ । आफ्ना आफन्तलाई भर्ती बनाउनेदेखि बोका काण्डसम्म आउँदा मेयर अम्बिका चलाउने र उपमेयर हर्क बहादुर रावलले जनतालाई सेवा प्रदान र विकास भन्दा पनि आफ्नो स्वार्थ पूर्ती गर्ने थलो बनाउँदै आएको त्यहाँ क्रियाशिल राजनीतिक पार्टीका नेताहरुले बताएका छन् ।

    पहिलो पटक पालिकामा क्रियाशील ६ राजनीतिक पार्टी मेयर र उपमेयरका गैरजिम्मेवार गतिविधिहरु एकजुट भएका छन् । उनीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर जिम्मेवार बन्न मेयर र उपमेयरलाई चेतावनी दिएका छन् । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा, रास्वपा र राप्रपाले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर पालिकामा सुशासनको अवस्था दयनिय रहेको बताएका छन् ।

    जारी गरिएको विज्ञप्तिमा यसअघि प्रमुख प्रशासनिक अधिकृत बनेका ध्रुब प्रसाद सापकोटालाई मन्त्रालयले खटाएदेखि बिदाई हुने बेलासम्म विना हाजिर तलब खाएको पनि उल्लेख गरिएको छ । पालिकामा लेखा अधिकृतको दरबन्दी भएपनि मेयर चलाउने आफ्ना भाई नाता पर्ने लोकबहादुर चलाउनेलाई मात्रै आर्थिक कारोबार गर्न लगाएको बताइएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम अन्तरगत गरिब तथा विपन्न नागरिकका नाममा बाडिएका उन्नत जातका बोका उपमेयर रावल, वडा नं. ७ का अध्यक्ष सुरत बहादुर रावल, नेपाली काँग्रेसका स्थानीय नेता र कर्मचारीले भाग लगाएर घरघर लगेका गएका घटना यसअघि सार्वजनिक भएकोबारे सञ्चार केन्द्रले समाचार प्रकाशन गरेको  थियो ।

    मेयर र उपमेयरको मिलेमतोमा आफ्ना आफन्तलाई बिना हाजिर सरकार तलव भत्ता खुवाउँदै आएको सार्वजनिक भएको छ । मेयर चलाउनेका भतिज पर्ने दिपेन्द्र धामीले नासु र उपमेयर रावलका छोरा हेमन्तलाई खरिदारको गोप्य रुपमा पालिकाबाट तलब खुवाउँदै आएको खुलासा भएको छ ।

    आर्थिक बर्ष २०७९ देखि नै दिपेन्द्र र हेमन्तलाई तलब खुवाएको खुलासा भएपछि स्थानीय राजनीति पार्टीले विरोध जनाएका छन् ।

    यो पनि पढ्नुहोस्

    पञ्चदेवल विनायक नगरपालिकाका मेयर र उपमेयर दुई महिनादेखि काठमाडौँमा, सेवाग्राही मर्कामा

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ