• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    अपर त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जिवितै उद्धार

    531
    SHARES



    काठमाडौं । रसुवामा बाढीका कारण अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक चिनियाँ नागरिकको उद्धार गरिएको छ।

    नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्र करिब २२५ मिटरको दूरीमा रहेका चिनियाँ नागरिक लुहाइताओलाई सुरक्षित रूपमा बाहिर निकालेको हो। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले उद्धार गरिएको व्यक्तिको विवरण सार्वजनिक गरेका छन्।

    रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि उनी सुरुङभित्र फसेका थिए। बाढी आएको ११ दिनपछि उनको उद्धार सम्भव भएको हो।

    यसअघि पनि त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट दुई जनालाई उद्धार गरिएको थियो। २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना चिनियाँ ठेकेदार कम्पनीको नेतृत्वमा निर्माण भइरहेको छ।

    बाढीपछि आयोजनास्थलमा फसेका तथा प्रभावित व्यक्तिको उद्धारका लागि सुरक्षा निकायले निरन्तर प्रयास गरिरहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ