• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार सुदुरपश्चिम

    पञ्चदेवल विनायक नगरपालिकाका मेयर र उपमेयर दुई महिनादेखि काठमाडौँमा, सेवाग्राही मर्कामा

    12.8K
    SHARES



    काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिकाका मेयर र उपमेयर दुई महिनादेखि काठमाडौँबाट पालिकाकाे काममा नफर्कीएपछि स्थानीयहरू सेवाबाट बञ्चित भएका छन् । स्थानिय सेवाग्राहीका अनुसार मेयर अम्बिका चलाउने र उपमेयर हर्कबहादुर रावल दुबै जना लामो समयदेखि पालिका बाहिर रहँदा पालिकाका दैनिक कार्य सञ्चालनसँगै सेवाग्राहीहरु पालिकाको सेवा लिनबाट बञ्चित भएका हुन् ।

    शुक्रबार पालिकाकाे कार्यलयमा पुगेका एक सेवाग्राहीले भने, ‘मेयर र उपमेयर काठमाडौँ जानुभएको भन्ने सुनेका छौं, यति लामो समय बाहिर बस्दा उहाँहरुबाट सम्पादन हुने सेवाबाट हामी बञ्चित हुनुपरेको छ ।’

    पालिका कार्यकारीविहीन भएपछि संघीय मालिमा मन्त्रालयले पालिकामै दरबन्दी भएका पदम माझीलाई निमित्तको जिम्मेवारी तोकेको छ । मेयर र उपमेयरले बाहिरबाटै निर्देशन दिएर तल्लो तहका कर्मचारीबाट पालिका चलाउँदै आएका थिए । माझीलाई निमित्त कार्यकारीको जिम्मेवारी दिएपछि सेवाग्राहीलाई थोरै भए पनि राहत महशुस भएको छ ।

    स्रोतका अनुसार यो समाचार तयार पार्दासम्म पनि मेयर र उपमेयर काठमाडौँमै रहेका छन् । मेयर चलाउने र उपमेयर रावल नेता र मन्त्रीको घरदैलोमा पुगेर अर्को कार्यकारीको लागि पहल गरिदिन अनुरोध गरिरहेका छन् । गत स्थानीय चुनावमा दुबै जना नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका थिए । निर्वाचित भएपछि व्यक्ति हत्या जस्तो जघन्य अपराधिक विवादमा मुछिएकी मेयर चलाउनेले धेरै समय पालिका बाहिर बिताउने गरेको स्थानीयको गुनासो छ ।

    उपमेयरको वडामा बोका काण्ड
    नगरपालिकाको वडा नम्बर ७ मा कृषकको लागि भनिएको बोका जनप्रतिनिधि, नेपाली काँग्रेसका स्थानीय नेता र कर्मचारीले घरघर लिएर गएको खुलासा पनि भएको छ । स्थानीयका अनुसार कृषकलाई प्रोत्साहनको लागि अनुदानस्वरुप बाड्ने भनेर ७ लाखमा खरिद गरिएका १२ बोका घर-घर लिएको आरोप स्थानीयले लगाएका छन् ।

    उपमेयर रावलसँगै वडा अध्यक्ष सुरत बहादुर रावल, वडाका कर्मचारी र काँग्रेसका स्थानीय नेता नृपबहादुर रावलको संलग्नतामा कृषकको लागि भनेर खरिद गरिएका बोका घर-घर लिएर गएको बताइएको छ । एकजना किसानले पनि बोका नपाएको गुनासो स्थानीयको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ