• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    रबि लामिछानेले यसरी गरे झुटको खेती, कसरी फैलाइन्छ यस्तो अफवाह ? हेर्नुहोस् प्रमाणसहित

    82.1K
    SHARES



    कमल बुढा । नेपालको एउटा चर्चामा रहेको टेलिभिजन न्युज २४ । चर्चामै रहेको कार्यक्रम सिधा कुरा जनतासंगका संचालक रबि लामिछानेले गत मंगलबार एक जना बालक अविरल पोखरेललाई कार्यक्रममा अद्भुत क्षमता भएका व्यक्ति भनेर प्रस्तुत गरे ।

    बालकलाई कार्यक्रममा प्रस्तुत गरेर उनको क्षमताका बारेमा निकै प्रशंसा गरेका रविले उनले यस्तो शिक्षा कसरी हाशिल गरे भन्नेबारे बिस्तृत नबताएपछि उनि आफ्नै पाठकहरुबाट समेत निकै आलोचित भएका छन् ।

    उनले कार्यक्रममा भनेका थिए- ‘यी बालकलाई मैले बिश्वभरि चर्चित गराउन र चिनाउनका लागि कार्यक्रममा प्रस्तुत गरेको हु ।’ उनले ति बालकलाई अलौकिक शक्ति जस्तै अद्भुत क्षमता भएकोले आफ्नो कार्यक्रम मार्फत विश्वभर चिनाउन आफुले ठुलै भूमिका खेल्न खोजेको अर्थमा कार्यक्रममा ल्याएका थिए ।

    उनले कार्यक्रममा अविरललाई प्रस्तुत गर्दाखेरी नै भनेका छन् -‘स्टुडियोमा हामीले निम्त्याएका बालक बिशेष अद्भुत क्षमता भएका बालक हुन् । उनीसंग अद्भुत क्षमता छ । उनको यो क्षमता संसारकै लागि एक अनौठो क्षमता हुनसक्छ ।’

    यस्ता अद्भुत क्षमता भएका बालकलाई कार्यक्रममा प्रस्तुत गरेर उनलाई संसारभरी नै लोकप्रिय बनाउन सकिन्छ होला भन्ने हेतुले आफुले यहाँ प्रस्तुत गरेको रविले बताएका थिए ।

    कार्यक्रमबाट उनले यस्ता बालकलाई सरकारले नै संरक्षण गरेर उनको क्षमताको प्रयोग गर्न समेत अनुरोध गरेका छन् । यस्ता बालकहरुले यस्तो कला कसरी सिक्न सक्छन ? भन्नेबारे केहि पनि बताउन नचाहेका रविले सम्भब त आफ्नो कार्यक्रम चर्चित बनाइ राख्न एउटा फण्डा अपनाएको पनि हुनसक्छ ।

    यदि उनले त्यसो गरेका हैनन भने कार्यक्रममै भन्नुपर्ने थियो । “यो एक प्रकारको शिक्षा हो । यस्तो शिक्षा जो कोहिले लिन सक्छन र त्यो शिक्षा लिने एउटा नेपाली बालक उनि पनि रहेछन् ।” खोज्दै जाने हो भने यस्तो शिक्षा लिएर अविरलजस्तै कला देखाउन सक्ने अरु पनि होलान । तर रबिले भने आफ्ना पाठकलाई यसबारेमा जानकारी नदिएर गुमराहामा राखेका थिए ।

    रविको यस्तो खालको प्रस्तुतिले के देखाउछ भने यो ज्ञान क्षमताका बारेमा आफ्ना पाठकहरुले खासै खोज अनुसन्धान गर्न सक्दैनन र आँखा चिम्लेर समर्थन गर्छन भन्ने आत्मरतिमा रमाएर बालकलाई प्रस्तुत गरेको प्रष्ट हुन्छ ।

    आफ्नो कार्यक्रमलाई निरन्तर टिकाइराख्न र चर्चित बनाइराख्न अनेक तरिका अपनाउने रविले यो कुनै अलौकिक शक्तिका कारण हुने नभएर एक प्रकारको शिक्षा आर्जन गरेपछि प्राप्त भएको ज्ञानका कारण यस्तो क्षमता आर्जन गर्न सम्भब हुन्छ भनेको भए सायद उनका पाठक, दर्शक, श्रोताले धेरै आलोचना गर्ने थिएनन् ।

    किनकी रविको कार्यक्रम हेर्नेहरु उनले टिभीको स्क्रिनबाट जे फुक्यो त्यहि पत्याउने सबै सीधासाधा जनता मात्रै छैनन्, बिभिन्न बौद्धिक व्यक्तिहरु पनि छन् । जसले वास्तविकता आफै पनि खोजेर अध्ययन गर्न सक्ने हैसियत राख्छन् ।

    यसबारे बैज्ञानिकहरु के भन्छन ?
    आँखामा पट्टी बाधेर एउटा बच्चाले सबै कुरा भन्न सक्छ ? अह सक्दैन । किनकी यो कुरा मानवीय शरीर र दृश्य बिज्ञान भन्दा टाढा छ । प्रकाश, आँखा र दिमागको सयुक्त प्रयासबाट नै कुनै कुरा देख्न सम्भब हुन्छ ।

    त्यसकारण आँखामा पट्टी बाधेर यो सम्भब हुँदै हुँदैन भन्ने तर्क बैज्ञानीकहरुले पेश गरेका छन् । बैज्ञानीकहरु तर्क यसरी प्रस्तुत गर्दछन ।

    The claim is against the basic principle of human physiology and optical physics. Human being’s ability to see an object is the result of a complex interaction of light, eye and brain.
    In order to see an object, light from the object must enter our eyes through the pupil.

    Depending on the amount of light, the iris changes the size of the pupil to let more or less light in. The light then passes through the lens.

    The lens focuses the light onto the back surface of the eye, the Retina. The Retina contains two types of photoreceptors, rods and cones.

    Rods are responsible for vision at low light levels. They do not mediate color vision, and have a low spatial acuity. Cones are active at higher light levels, are capable of colour vision and are responsible for high spatial acuity.

    When light strikes either the rods or cones of the retina, it’s converted into an electrical signal that is relay to the brain via optic nerve.

    The brain then translate the electrical signals to images. If you are blindfolded and have no other alternate photosensitive device, then there is no chance that one can see except imagining.

    Colour is a property of light; without light, there will be no colour and without colour, reading is next to impossible.

    पुरा पढ्न  यो लिंक क्लिक गर्नुहोस
    MidBrain Activation – A Scam ?

    Midbrain Activation – A Scam

    टेलिभिजन हेर्ने सुन्ने सबै नागरिक शिक्षित हुन्छन भन्ने छैन । त्यसैले यस्ता फरक ज्ञान र शिक्षामा पहुँच नपुगेका जनताहरुलाई झुक्काउन यस्ता नाटक र सस्तो प्रचारबाजी हुनु नयाँ र नौलो होइन । बैज्ञानीकहरु शिक्षित बर्गले यस्ता प्रचारबाजिका बारेमा वास्तबिक्ता बुझेर मात्र क्रिया-प्रतिक्रिया दिनुपर्ने हुन्छ, भन्छन ।

    भारतका एक जना वैज्ञानिकले भनेका छन्- ‘भगवानमा भरोसा राख्ने हिन्दू जमात भएको समाजमा यस्ता नाटक गर्न सजिलो छ । किनकी हामीलाई थाहा छ, शिव भगवानका तीन आँखा थिए भनेर प्रचार गरिएको छ । भावना र आस्थासँग खेल्न यस्ता झुट प्रचार हुने गर्दछन ।’

    भारतमा अनुसन्धानकर्ताले भनेका छन- ‘जुन बच्चाले आँखा नहेरी पत्ता लगाउछु भन्छ त्यसलाई एक पाना हस्तलिखित कुरा पढेर सुनाउन भन्नुस् । उसले यस्तो गर्न सक्दैन तब तपाईंले बुझ्नु पर्छ कि यो चमत्कारका नाममा नाटक हो । पैसा कमाउनका निम्ती खेलिने भद्दा खेल हो ।’

    नभन्दै रविले कार्यक्रमा त्यसै गरेका थिए । तपाइले उनको भिडियो अहिले पनि न्युज २४ टिभीको युट्युबमा हेर्न सक्नु हुने छ । उनले अविरललाई पढ्न दिएको वाक्य एकदमै छोटो र अक्षर प्रिन्ट गरेर ल्याइएका थिए । हस्तलेखित थिएन ।

    आज भन्दा ४ बर्ष पहिला नै भारतीय बौद्धिक महासँघका केन्द्रिय अधक्ष्य डाक्टर नरेन्द्र नायकले यो वकवास र नौटंकी मात्र भएको भन्दै कसैले यो प्रमाणित गर्न सके ५ लाख भारतीय रकम पुरस्कार दिने घोषणा समेत गरेका छन ।

    यस्तै केरलाका प्रख्यात जादुगर गोपिनाथ मुथुकदले यो सबै जादु बिज्ञान हो भनेर थप प्रस्टाएका छन । उनले अरुलाई झुक्काउन ‘X-ray vision’ प्रयोग गरिएको हुन्छ भनेर प्रमाण नै पेस गरेका छन ।

    भारतमा ५ बर्षदेखी १५ बर्षसम्मका बालबालिकाको शुसुप्त दिमागलाई तेज बनाउने भन्दै दलालहरुको समुह पैसा कमाउन यस्तो अभियान चलाऊने गिरोह बनाएर अघि बढीरहेको उनीहरुको भनाइ छ ।

    धार्मिक विश्वासमा अडिग एक जमातले हिन्दू धर्म र भगवान शिवको हवला दिदै अलौकिक, अद्भुत क्षमता बच्चामा आएको हौवा फिजाएर पैसा कमाउन दलालहरु सकृय रहेको तर्क बैज्ञानिकहरुले गरेका छन् ।

    भारतका केही ठाउँमा mid brain activation को ब्यानरमा बच्चा बच्चीलाई आँखा बन्द गरेर जस्ताको त्यस्तै भन्न जान्ने कुराको ट्रेनिङ दिएर समाजमा हल्ला फिजाउने र टेलिभिजन स्टन्ट देखाउने पनि गरिएको छ ।

    हिन्दू धर्म र भगवान शिवको तेश्रो आँखा भएको जस्तै पर्यावाची देखाउन केही हदसम्म यस्ता दलाल ब्यापारी सफल भएकाे भन्दै भारतका डाक्टर नरेन्द्र नायकले यो अफवाहा र घोटला भएको दावी गरेका छन् ।

    रबि लामिछानेले अविरल पोखरेललाई कार्यक्रममा प्रस्तुत गरेपछि भारतमा प्राप्त गर्न सकिने शिक्षा भारतमा नै गलत प्रमाणित भएको कुरा फेरी नेपालका लागि स्टण्ट जस्तै बन्न पुगेको छ ।

    न्युज २४ टेलिभिजनको कार्यक्रम “सिधा कुरा जनतासँग”बाट प्रशारित यस्तो झुट्टा अफवाहबाट समाजलाई धार्मिकरुपमा बिभाजित गर्न खोजिएको पनि विश्लेषकहरुले बताएका छन् ।

    भारतमा असफल हुँदै गरेको बिज्ञापनलाई फेरी रबि लामिछनेले आफ्नो टेलिभिजन कार्यक्रमबाट चर्चित बनाउने कोशिस गरेपनि यो उनी  आफैका लागि घातक साबित भएको छ ।

    उनले अपनाउने यस्ता फण्डाका कारण उनी पाछिल्लो चरण आफै बिबादमा तानिन थालेका छन् । केही रकम खर्च गरेर आर्जन गर्न सकिने शिक्षालाई अद्भुत भनेर प्रचार गर्ने र ठगी ब्यापार सुरु गर्न खोज्ने कुत्षित मनशाय भएका मान्छेको प्रयोगको पात्र मिडियाकर्मीले बन्नु कदापी राम्रो होइन र हुन् सक्दैन पनि ।

    हो बैदेशिक रोजगारीका क्रममा प्रवासी नेपालीहरुले भोगेका अन्याय र चेलीबेटी बेचबिखनबिरुद्ध रबि लामिछानेले उठाएका कदमहरु सकारात्मक छन । त्यसका अलावा भ्रष्टाचारबिरुद्ध उनले आवाज उठाउदै अाएका छन, यो राम्रो पक्ष हो । राम्रोलाई राम्रो भन्नैपर्छ ।

    तर आवश्यक अध्ययन नै नगरी अविरलजस्तो क्षमता बिश्वमै छैनन्, उनलाई संसारमा चिनाउन कार्यक्रममा ल्याएको जस्ता अफवाह र रहस्यमय प्रचारबाजिले नेपाली मिडिया जगतकै बदनाम हुने देखिन्छ । यसका अलावा रबि लामिछानेको आफ्नै लोकप्रियता घट्ने देखिन्छ । त्यसैले यस्ता अफाबाहाको सहारा नलिदा नै उचित होला की रबि जी ?

    कसरी सम्भब हुन्छन त यस्ता कुरा ? हेर्नुहोस तलका केहि भिडियोहरु

     

    भिडियो नम्बर २

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ