• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी मुख्य समाचार

    जिउँदो मान्छेलाई मरेको भन्दै माइकिङ गर्ने प्रहरी प्रमुख को थिए ? गल्ती गर्ने प्रहरी, गाली खाने मिडिया ?

    20.8K
    SHARES



    काठमाडौं ।

    विहीबार जुम्लामा डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका समर्थकलाई तितरबितर पार्न प्रहरीले नै जिउँदो मान्छेलाई मरेको भन्दै झूठको खेती गर्नसम्म भ्यायो ।

    गोविन्द केसीलाई काठमाडौँ पठाउन उत्रिएका सुरक्षाकर्मी र डा केसीका समर्थक विद्यार्थीबीच झडपका क्रममा कम्तिमा पनि २ दर्जन घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते थिए एक जना प्रहरी जवान कमल उपाध्याय । प्रत्यक्षदर्शीका अनुसार उपाध्याय प्रहरीकै गोली लागेर घाइते भएका हुन् । तर जुम्ला प्रहरी भने यो कुरालाई अस्वीकार गर्दै आएको छ ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी तपनकुमार दाहालले गोली नचलेको र प्रदर्शनकारीले प्रहार गरेको सिसाको टुक्रा लागेर प्रहरी जवान घाइते भएको बताएका छन् ।

    प्रतिष्ठान परिषरको अवस्था तनावग्रस्त बनेपछि कुनै पनि हालतमा अवस्थालाई नियन्त्रणमा लिने नाममा प्रहरी आफै उत्रियो झुटको खेति गर्न ।

    डीएसपी डा. तपन दाहाल आफै माइकिङमा उत्रिए र भने- ‘एकजना प्रहरी जवानको मृत्यु भइसकेको छ । हाम्रो प्रहरी जवान पनि मरेको हुनाले, क्याजल्टी भएको हुनाले… हामीले पनि धेरैबेर संयमता अपनायौं । तपाईहरु कोही आन्दोलन गर्न आउनुभएको छ भने गर्नोस्, केही छैन त्यसमा । हामी तयार छौं तपाईहरुलाई…. ‘

    अस्पतालमा भएको झडपमा प्रहरी जवानको मृत्यु भएको खबर डीएसपीले आफैं माइकबाट फुकेका थिए । उनले प्रहरी मरेको भन्दै सार्वजनिक रुपमा गरेको माइकिङ एउटा टेलिभिजनमा लाइभ प्रशारण भएको थियो ।

    जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई बिहीबार दिउँसो काठमाडौं ल्याउने क्रममा डा. केसी समर्थक विद्यार्थी र प्रहरीबीच झपड भएको थियो । त्यस क्रममा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरसहित ३ जना सुरक्षाकर्मी घाइते भएका थिए । घाइतेमध्ये एक प्रहरी जवानको छातीमा सीसा र चिर्पटले लागेको प्रहरीले जनाएको छ ।

    गल्ती गर्ने प्रहरी, गाली खाने मिडिया ?

    जिउँदो मान्छेलाई मरेको भन्दै झूठको खेती गर्ने प्रहरी आफैंले सञ्चार माध्यमलाई गाली गर्दै बुधबार साँझ अनौठो विज्ञप्ति जारी गरेको छ । जुम्ला घटनामा प्रहरी जवानको मृत्यु भएको भनेर संवेदनशील विषयमा आधिकारिक पुष्टि नभई सञ्चारमाध्यमले गलत समाचार सम्प्रेष्ण गरेको भन्दै प्रहरी प्रधान कार्यालयले सञ्चारमाध्यमलाई गाली गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले सञ्चार माध्यमलाई मानवीय संवेदनाको विषयमा सूचनाको आधिकारिक पुष्टि नगरी समाचार सम्प्रेषण गरेको आरोप लगाएको छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार संप्रेषण गर्ने र मृत्यु जस्तो मानवीय संवदेनाको विषयमा सूचनाको आधिकारिकता पुष्टि समेत नगरी समाचार संप्रेषण गर्दा त्यसबाट सम्बन्धित संगठन र निजको परिवारमा मानसिक एवं भावनात्मक आघात पर्न गएको छ ।’

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नै माइकबाट यसरी प्रहरीको मृत्यु भएको बताएपछि केही सञ्चारमाध्यमले दोहोरो झडपमा परी एक प्रहरीको मृत्यु भएको समाचार हतार-हतार प्रकाशित गरेका थिए ।

    प्रहरी जवानको मृत्यु भएको घोषणा भएता पनि धेरै मिडियाले डीएसपी दाहालको माइकिङलाई पत्याएन । तत्कालै अस्पताल स्रोतमा सम्पर्क गर्दा कोही पनि प्रहरी जवानको मृत्यु नभएको पुष्टि भयो । त्यसपछि जुम्लामा जीवितै प्रहरी जवानलाई ‘मरेको’ भनेर यसकारण गरियो हल्ला, डिएसपी दाहालले खोले रहस्य  शीर्षकमा संचारकेन्द्रले समेत समाचार प्रकाशित गर्यो  र यथार्थ घटना जनसमक्ष आयो ।

    डा. गोविन्द केसी र उनको पक्षमा आन्दोलित जुम्लाबासीलाई झुक्याउन प्रहरीले सफेद झूटको त सहरा लियो नै, तर जिउँदो मानिसलाई माइकबाटै मरेको घोषणा गरेर सत्तापक्षले मानवीय सम्वोदनामाथि गम्भीर खेलवाड गरेको छ ।

    प्ररहीको मृत्यु भएको माइकबाट प्रचार गरिएपछि डा. गोविन्द केसीले यस्तो आँसु खसाउँदै मानवीय क्षतिप्रति चिन्ता जनाएका थिए । र, आफू काठमाडौं जान तयार भएका थिए ।

    के सरकारले केसीलाई गलाउनकै लागि जिउँदो मानिसलाई मरेको भनेर प्रचार गरेको हो ? अन्यथा किन मृत्युजस्तो मानवीय सम्वेदनाको विषयमा परिवारमाथि मानसिक र भावनात्मक आघात पर्ने गरी खेलवाड गरियो ? यसको जवाफ न त सरकारले दिएबको छ, न प्रहरी संगठनले नै ।

    प्रहरीको मृत्यु भएको भन्दै झूठो माइकिङ गर्नमा डीएसपी दाहालको मात्रै हात छ या केपी ओली नेतृत्वको सरकारकै डिजाइनमा यस्तो भएको हो भन्ने खुलेको छैन ।

    हेर्नुहोस् घटनाबारे प्रहरी प्रवक्ताको विज्ञप्ति

    (अनलाइन खबरको सहयोगमा) २०७५ साउन ४ मा प्रकाशित ।

    प्रतिक्रिया