• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    बझाङमा स्थानीय र प्रहरीबीच दोहोरो झडप , प्रहरी निरिक्षकसहित ५ जना घाइते

    41.8K
    SHARES



    जिल्लाको बुङगल नगरपालिकाको कार्यालय सार्ने क्रममा भएको बिबादले दोहोरो झडपको रुप लिँदा प्रहरी निरिक्षकसहित ५ जना घाइते भएका छन ।

    शनिबार नगरपालिकाको कार्यालय बुङगल ४ बिजगडाबाट झापा सार्ने क्रममा बिवाद उत्पन्न भएपछि स्थानीय र प्रहरीबीच दोहोरो झडप भएको थियो । सोहि क्रममा प्रहरी निरिक्षक जनक धामी र स्थानीय बिष्णु कुँबर सहित ५ जना घाइते भएका हुन ।

    नगरपालिकाको कार्यालय सबैलाई पायक पर्ने स्थान बिजगडा नै भएपछि आफ्नो व्यक्तिगत लाभका लागि मेयर धन बहादुर बिष्टले हचुवाको भरमा कार्यालय सार्न खोज्दा स्थानियहरुले नगर कार्यालय घेराउ गरेका थिए । सोहि क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको  प्रत्यक्षदर्शी तथा नेपाल कम्युनिस्ट पार्टीका नेता हरि कुँबरले संचारकेन्द्र बताए ।

    प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुँबरका अनुसार घटनापछि सबै पोष्टहरुबाट झण्डै ५० जना थप प्रहरी घटनास्थल पठाइएको छ ।मेयरले शनिबारको दिन सुटुक्क कार्यालय सार्न थालेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । उनीहरुले पप्रशासनको पावरमा कार्यालय सार्न खोजिए ठिक नहुने समेत चेतावनी दिएका छन् ।

    यसअघि बुङगल नगरपालिकाले आर्थिक अनियमितता गरेको भन्दै स्थानियले पटक-पटक जिल्ला प्रशासन कार्यालयमा उजूरी समेत दिएका छन । मेयरले मनपरी तरिकाले निर्णय गर्दै आएको भन्दै ति निर्णयहरुको समेत स्थानीयले बिरोध गरेका छन् । तर आफूहरुको उजुरीबारे अहिलेसम्म प्रशासनले कुनै सुनुवाई नगरेको पनि उनीहरुको गुनासो छ ।

    तस्वीर: गुगलबाट । २०७५ असार ३० मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ