• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    नेपाल बन्दमा प्रहरी आतंकित, धानखोलामा ४ राउण्ड गोलि चलायो !

    17.6K
    SHARES



    काठमाडौं, ३० बैसाख ।

    नेपाल कम्युनिष्ट पार्टीले आवहान गरेको नेपाल बन्दका क्रममा प्रहरी समेत आतंकित बनेको छ । बन्दकर्ताले बन्द अवज्ञा नगर्न सार्वजनिक अपिल गरिरहेका बेला प्रहरीले भने धानखोलामा ४ राउण्ड गोली चलाएको खबर प्राप्त भएको छ ।

    आइतबार बिहान करिब ८ बजेतिर धानखोलामा बिना कारण प्रहरीले हवाई फायर गरेपछि स्थानीय त्रसित बनेका छन् । प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार प्रहरीले एकाेहाेराे हवाई फायर गरेपछि स्थानीयहरु घरभित्र लुकेका थिए ।

    प्रहरीले यसबारेमा केहि जानकारी दिन चाहेन । नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ नेभ्रमण, अरुण तेस्रोको शिलान्यास, भारतीय हतियारधारी कमान्डो नेपाल प्रवेश तथा ओली–मोदी गठबन्धनका विरुद्ध नेकापले नेपाल बन्द आवहान गरेको हो ।

    बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । लामो तथा छोटो दुरीका यातायात ठप्प छन् भने, स्कुल, बकार, कलकारखानाहरु पनि ठप्प छन् ।

    यसैबीच बन्द अबज्ञा गरेको भन्दै बन्दकर्ताहरुले ठाउँ-ठाउँमा सवारीसाधनहरु माथि तोडफोड र आगजनी गरेका छन् । काठमाडौंसहित देशका बिभिन्न ठाउँमा बन्द अवज्ञा गर्दै चलेका सवारीसाधनहरुलाई उनीहरुले निशाना बनाइरहेका छन् ।

    यो पनि पढ्नुहोस्

    भाटभटेनी सुपर मार्केटमा शक्तिशाली बम विष्फोट, जमिनै हल्लिएपछि स्थानीयको भागाभाग

    BREAKING: सुदूरपश्चिमका ३ वटा चर्चमा बम बिस्फोट, के छ क्षतिको अवस्था ?

    आज नेपाल बन्द, विहानैदेखि आगजनी र तोडफोड, दर्जन ठाउँमा बम विस्फोट

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ