• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    भाटभटेनी सुपर मार्केटमा शक्तिशाली बम विष्फोट, जमिनै हल्लिएपछि स्थानीयको भागाभाग

    23K
    SHARES



    चितवन, ३० वैशाख ।

    चितनवको नारायणगढस्थित भाटभटेनी सुपर मार्केटमा आइतबार विहानै बम विस्फोट भएको छ । बिहान करिब पौने ४ बजेको समयमा भयानक आवाजसहित बम विस्फोट भएकोको स्थानीयवासीले बताएका छन् ।

    बम विष्फोटबाट भाटभटेनीको एक तिरको पुरै भाग ध्वस्त भएको छ । एकाबिहानै बम कसले र किन हानेको भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ। चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले ठुलो बम विष्फोट गराइएको नभएर ग्रिनेट हानिएको हुनसक्ने बताएका छन् ।

    प्रहरीले “सिसि टिभी” फुटेजको रेकर्डका आधारमा विष्फोट गराउने व्यक्तिको पहिचान गरेर खोजी कार्य जारी राखिएको जनाएको छ ।

    विवादित व्यवसायी मिनबहादुर गुरुङको सुपर मार्केटले म्याद सकिएका बस्तु बिक्री गरेको, सरकारलाई कर छली गरेको र सस्तो सामाग्रीलाई महंगोमा सामान बेचेको भन्दै विरोध भइरहेको थियो ।

    यस्तै उता सुदूरपश्चिमका ३ वटा चर्चमा बम बिस्फोट भएको छ । स्थानीयले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार कैलालीको बोराडाँडीस्थित महिमा चर्चमा शनिबार राति ठुलो आवाजसहित शक्तिशाली बिस्फोट भएको हो ।  बिस्फोटबाट चर्चमा के-कति क्षति भएको छ भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।

    त्यस्तै उता डोटीमा पनि २ वटा चर्चमा बम पड्किएको छ । जिल्लाको बुडरमा रहेका २ वटा चर्चमा शनिबार मध्यराति शक्तिशाली बम बिस्फोट भएको स्थानीयले बताएका छन् । क्रिस्चियनहरुले पैसाको लोभ देखाएर धर्म परिवर्तन गर्न गाउँ गाउँमा गोप्य अभियान चलाएको भन्दै आलोचना भइरहेको थियो ।

    यो पनि पढ्नुहोस्

    BREAKING: सुदूरपश्चिमका ३ वटा चर्चमा बम बिस्फोट, के छ क्षतिको अवस्था ?

    आज नेपाल बन्द, विहानैदेखि आगजनी र तोडफोड, दर्जन ठाउँमा बम विस्फोट

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ